देशका धेरै ठाउँमा पर्सिसम्म झरी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  ।   २०७८ श्रावण ११, सोमबार ०७:४०

काठमाण्डौ । देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।

आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश- १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

Next Post

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

२०७८ श्रावण ११, सोमबार ०७:४०
काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । […]

सम्बन्धित समाचार