च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०७:०९

काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएको छ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससले ६५ औं मिनेटमा गोल गरेका हुन् ।

Next Post

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

२०७७ फाल्गुन १३, बिहीबार ०७:०९
एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि […]