चोरीका विभिन्न समानसहित बाँकेमा एक पक्राउ

  ।   २०८० आश्विन २१, आईतवार २०:०४

नेपालगन्ज । बाँके प्रहरीले आइतबार चोरी गरेको विभिन्न सामानसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले चोरी गरेको विभिन्न सामानसहित सिम्ता गाउँपालिका ५ का २३ बर्षिय शिव नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीको साथबाट एसर कम्पनिको ल्यापटप १ थान, नगद छ हजार ९ सय ७५ रुपैयाँ, सुनको टुक्रा ५ ग्राम, चाँदिको औठी १२ थान, चाँदिको सिक्री ८ थान, चाँदिको मुन्द्रा ४५ थान, चाँदिको जन्तर २ थान, चाँदिको ब्रासलेट २ थान, चाँदिको पायल ४ थान, चाँदिको बिछिया ८ थान, चाँदिको लकेट १४ थान, चाँदिको सिक्का ३ थान, चाँदिको बाला १० थान, चाँदिको दुक्रा ८० ग्राम र चोरी गर्दा प्रयोग भएका दरौती, पेचकस, रेन्ची, हथौडा, पिलास र चक्कु बरामद गरेको प्रहरीले जनाएको छ ।

केहिदिन यता बाँकेको खजुरा गाउँपालिका ६, सिमलघारीस्थित आर.के. ज्वैलर्सबाट सुन चादीका गहना, जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट ल्यापटप त्यसैगरी खजुरा ३ खजुरा बजारस्थित दिप शिखा ज्वैलर्सबाट सुन चादीका गहना चोरी भएको भनि प्रहरीमा निवेदन परेपछि चोरको खोजीमा प्रहरी परिचालित गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बिशेष सूचनाको आधारमा नेपालीलाई शिलशिलेवार रुपमा चोरी गरेका सुन चाँदीका गरगहना तथा ल्यापटप सहित पक्राउ गरेको हो । पक्राउ परेका नेपालीमाथि आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

Next Post

रिटर्नी सेन्टर नेपाल लुम्बिनी प्रदेश संयोजकमा युवराज पौडेल

२०८० आश्विन २१, आईतवार २०:०४
नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट रिर्टनी सेन्टर नेपाल लुम्बिनी प्रदेशको संयोजकमा युवराज पौडेल चयन हुनु भएको छ । दाङको लमहीमा शनिबार सम्पन्न प्रदेश भेलाले पौडेलको संयोजकत्वमा ५१ सदस्यीय प्रदेश समिती गठन गरेको छ।भेलाले सह संयोजकमा बिमल ढकाल, बिशाल बिष्ट, कमल बुढा, उषा पौडेल र अर्जुन रसाइली त्यसैगरी सचिवमा कृष्ण […]

सम्बन्धित शीर्षक