रिटर्नी सेन्टर नेपाल लुम्बिनी प्रदेश संयोजकमा युवराज पौडेल

  ।   २०८० आश्विन २१, आईतवार २०:२१

नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट रिर्टनी सेन्टर नेपाल लुम्बिनी प्रदेशको संयोजकमा युवराज पौडेल चयन हुनु भएको छ ।

दाङको लमहीमा शनिबार सम्पन्न प्रदेश भेलाले पौडेलको संयोजकत्वमा ५१ सदस्यीय प्रदेश समिती गठन गरेको छ।भेलाले सह संयोजकमा बिमल ढकाल, बिशाल बिष्ट, कमल बुढा, उषा पौडेल र अर्जुन रसाइली त्यसैगरी सचिवमा कृष्ण नेपाली र आर्थिक संयोजकमा राम प्रसाद पौडेललाई चयन गरेको संयोजक पौडेलले जानकारी दिनु भएको छ।

संयोजक पौडेलका अनुसार सदस्यहरुमा क्रमश: होताराम ओली, अमित चौधरी, काँशिराम भट्टराई, पिताम्बर गैरे, मन कुमार पुन, ओपेन्द्र झाँकीमगर, दिलबहादुर पुन, किसन बुढाथोकी, लोकबहादुर श्रेष्ठ, युबराज पुन, कल्पना जिएम, सन्दीप पाण्डे, केशब भट्टराई, दिलबहादुर सुनार रहनु भएको छ । केही सदस्यहरुलाई पछि मनोनीत गरिने पौडेलले बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्ति, केन्द्रीय सदस्य तथा रिटर्नि सेन्टर नेपालका फ्र्याक्सन इन्चार्ज लक्ष्मण पन्त, रिटर्नी सेन्टर नेपालका केन्द्रीय संयोजक देबेन्द्र सम्बाहाम्फे, सह संयोजक तथा लुम्बिनी प्रदेश इन्चार्ज सागर न्यौपाने, केन्द्रिय सचिवालय सदस्य मोहन कार्की, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य लगायतले सम्बोधन गरेका थिए ।

भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट रिटर्नी सदस्यहरुको उपस्थिति रहेको थियो।

Next Post

इजरायलमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएका १० नेपालीको मृत्यु

२०८० आश्विन २१, आईतवार २०:२१
नेपालगन्ज । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका १० नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका १० नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । तर, दुबै देशका सरकारले भने औपचारिक रुपमा पुष्टि गरिसकेका छैनन् । सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित […]