इजरायलमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएका १० नेपालीको मृत्यु

  ।   २०८० आश्विन २१, आईतवार २२:०१

नेपालगन्ज । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका १० नेपालीको मृत्यु भएको बताइएको छ ।

शनिबार भएको उक्त हमलामा परी घाइते भएका १० नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । तर, दुबै देशका सरकारले भने औपचारिक रुपमा पुष्टि गरिसकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित नेपाली कार्यरत एउटा कृषि फर्ममा हमासले रकेट हमला गरेको थियो । गाजा क्षेत्रबाट नजिक रहेको इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा एउटा फर्ममा नेपाली काम कार्यरत थिए । सो क्षेत्रमा अझै तनावको स्थिति रहेकोले कति नेपालीहरुको मृत्यु भएको भन्ने एकिन विवरण आउन सकेको छैन । हमलाको साइरन बजेपछि ६० सेकेन्डमा बंकरभित्र पसिक्नुपर्ने थियो । सोही क्रममा बंकरमा जाँदै गर्दा रकेट विस्फोटका छर्रा लागेर नेपालीसहित घाइते भएका थिए । सुरुमा ९ जना नेपाली घाइते भएको जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नरहेको बताएको छ ।

नेपाली समयअनुसार शनिबार विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा हमास समूहबाट आक्रमण सुरु गरेको थियो । हाल इजरायलमा ४ हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै, लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत २६५ जना नेपाली विद्यार्थीहरु इजरायलका विभिन्न फर्ममा कार्यरत छन् । नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताइएको छ ।

Next Post

कर्णाली र लुम्बिनीबाट मन्सुन बाहिरियो

२०८० आश्विन २१, आईतवार २२:०१
  काठमाडौं । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशमा पश्चिमी भूभागबाट ‍मनसनु बाहिरिएको हो । सुदूरपश्चिमबाट असोज ६ गते मनसुन बाहिरिसकेको छ । अन्य भूभागबाट मनसुन बाहिरिन केही दिन […]

सम्बन्धित समाचार