बाँके । बाँके जिल्लामा हरेक दिन नोबेल कोरोना भाइरस (कोभिड– १९) का बिरामीहरु बढ्दै गएका छन् । यसैबीच जिल्लामा सोमबार ३५ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ४४० पुगेको छ । जसमध्ये जिल्ला भित्रका २६ र जिल्ला वाहिरका यस जिल्लामा १२ जना गरि ३८ जनाको कोरोनबाट मृत्यु भएको छ । संक्रमित मध्ये एक हजार ८४७ निको भएर डिस्चार्ज भइसकेका छन ।
जिल्लाभर हाल ५६७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।