गाउपालिकामा विवाद चर्किदा अध्यक्ष गुण्डा गर्दी शैलीमा प्रस्तुत भएको आरोप

  ।   २०७७ भाद्र २६, शुक्रबार २०:२७

प्युठान । गाउपालिकामा विवाद चर्किदा अध्यक्ष गुण्डा गर्दी शैलीमा प्रस्तुत भएको आरोप लागेको छ । प्युठानको ऐरावती गाँउपालिकामा विशेष गाँउसभा बैठक बोलाउने विषयलाई लिएर विवाद चर्किएको हो । गाँउपालिकाको गत असार १० गते सम्पन्न सातौं नगरसभाबाट सर्वसम्मत रुपमा पारित भएका निति कार्यक्रम तथा बजेट कार्यान्वयन नहुँदै विशेष गाँउसभा डाकिएपछि उक्त विषय विवादित भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाँउपालिकाका अध्यक्ष नविल बिक्रम शाहाले एकलौटी रुपमा विशेष गाँउसभा बोलाएपछि उपाध्यक्षसहितका १३ जना जनप्रतिनिधिले त्यसको विरोध गर्दै आएका थिए । पहिले तय गरीएका निति कार्यक्रम तथा बजेट कार्यान्वयन हुनुपर्ने भन्दै उच्च अदालत तुलसीपुर दाङमा निवेदन दर्ता भएको अवस्थामा अदालतको मानहानी हुने गरी विशेष गाँउसभा बोलाईएपछि गाँउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत लगाएतले बिरोध जनाएका हुन । अदालतमा गाँउपालिकासम्बन्धि मुद्धा बिचाराधिन अवस्थामा रहेकाले तत्काल गाँउसभा बोलाउन नहुने आफुहरुको मागलाई वेवास्ता गर्दै गुण्डागर्दी शैलीमा बैठक पुस्तीका (माईन्युट) लुकाउने काम भएको गाँउपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

आफुहरुको बिरोधपछि शुक्रबार हुने भनिएको विशेष गाँउसभा स्थगित भएपनि अध्यक्षले केही मिडियाकर्मीलाई विशेष गाँउसभा सम्पन्न भएको भनि गलत प्रचारवाजी गरेको बस्नेतले बताए । गाँउसभा स्थगित भईसकेको अवस्थामा बैठक पुस्तीका लुटेर अज्ञात स्थलतिर गएका गाँउपालिका अध्यक्ष शाहले बहुमतबाट विशेष गाँउसभा सम्पन्न भएको भ्रामक सूचना प्रवाह गरेको भन्दै उपाध्यक्ष बस्नेतले त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन ।

शुक्रबार गाँउपालिकाको तर्फबाट विज्ञप्ती जारी गर्दै बस्नेतले नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा पक्षका जनप्रतिनिधिहरु सहमती र सहकार्यको भावना विपरीत गुण्डागर्दी शैलीमा प्रस्तुत भएकाले कानुनी उपचार खोज्नुपर्ने अवस्था आएको बताएका छन । उपाध्यक्ष बस्नेतद्धारा जारी गरीएको विज्ञप्तीमा कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुसहीत १३ जनाले हस्ताक्षर गरेका छन ।

Next Post

बादरले जे देख्छ त्यही गर्छ ( Monkey does what he sees)

२०७७ भाद्र २६, शुक्रबार २०:२७
बाँके जिल्लामा हरेक शुक्रबार र सनिवार निषेधाज्ञा गर्ने नियम जिल्ला प्रशासन कार्यालयले लागू गरेको छ । निषेधाज्ञाको आदेश संगै यसको कतै समर्थन त कतै चर्को आलोचना सामाजिक संजालमा देखि समाज सम्म त्यत्तिकै छ । नेपालगन्जका उद्योगपतिहरु निषेधाज्ञा र लकडाउनको विरोधमा छन् । निषेधाज्ञा र लकडाउन मात्रै कोरोना रोकथाम-नियन्त्रणका विकल्प होइनन् […]

सम्बन्धित समाचार