संवाददाता ।
नेपाली कांग्रेसले पार्टीको निर्वाचन समितिमा राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहनुभएका वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादवलाई संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आज बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी सम्मिलित बैठकले यादवलाई संयोजक तोक्ने निर्णय गरेको पार्टी उपसभापति विमलेन्द्र निधिले बताउनुभयो ।
पार्टीको आसन्न महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिनुभएको थियो ।
उहाँले पार्टीका संरचना समायोजनको कामलाई लिएर नेताहरुले विवाद झिकेपछि त्यसैमा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो । धनुषा निवासी यादव पूर्व महान्याधिवक्ता समेत रहनुभएको छ ।
इकान्तिपुरबाट