टोकियो ओलम्पिकअन्तर्गत फुटबलको तालिका सार्वजनिक

  ।   २०७८ बैशाख ८, बुधबार १७:२७

संवाददाता ।
आगामी जुलाई देखी अगष्ट सम्म जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजनिक भएको छ । आज स्विट्जरल्याण्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ड्र सार्वजनिक गरिएको हो ।

यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ चार वर्षअघिको विजेता ब्राजिल र उपविजेता जर्मनी एकै समूहमा परेका छन् ।

समूह डी मा ब्राजिल र जर्मनीसँगै आइभरीकोष्ट र साउदी अरेबिया छन् । यस्तै समूह ए मा आयोजक जापान, फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिका छन् ।

समूह बी मा न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया परेका छन् भने समूह सी मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया छन् । महिलातर्फ आयोजक जापान, क्यानडा, बेलायत र चिली समूह ए मा छन् ।

यस्तै समूह बी मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्ड्स तथा समूह सी मा स्वीडेन, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ । फुटबलका खेल भने दुई दिन अघि जुलाई २१ मै शुरु हुनेछ र अगष्ट ७ मा सकिनेछ ।

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्कोद्धारा मानवबेचविखन विरुद्ध खजुरामा अन्तर संवाद कार्यक्रम

२०७८ बैशाख ८, बुधबार १७:२७
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले मानवबेच विखन विरुद्ध जनचेतना फैलाउने उदेश्यले बाँकेको खजुरामा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान नेपालको सहयोगमा क्लबद्धार सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत मानवबेचविखन नियन्त्रणका लागि खजुरा ८ चमकदारपुरमा सो अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको हो । मानवबेचविखन रोक्नका लागि नयाँ पुस्ता […]