एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ ।
बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ६१ रनमा रोकियो । ३७ रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४० रनमा दोस्रो खेर फालेको थियो । उसको स्कोर एक सय १० रन हुँदा पाँच विकेट झरेको थियो ।
जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ ।
राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।