संक्रमितलाई ब्लड चाहियो भने मलाई फोन गर्नुस: केन्द्रिय सदस्य श्रेष्ठ

  ।   २०७७ भाद्र ५, शुक्रबार १०:३५

रन्जित कुमार चौधरी

नेपालगन्ज / कोरोना जितेर डिस्चार्ज हुनेहरुमा उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ एक हो । शुक्रबार बिहान चिटिक्क परेर घर फर्किने क्रममा श्रेष्ठले भन्नुभयो,” कोरोना संक्रमितलाई ब्लड चाहिए देशभर जहाँ बाट फोन आए पनि दिन्छु । मेरो ब्लड ग्रुप बि पोजेटिभ हो ।”

नेपालगन्जको सिटिप्यालेस होटेलमा स्थापना गरिएको आइसोलेसनमा १४ दिन बिताएर श्रेष्ठ घर फर्किनु भएको छ । घरबाट आइसोलेसन आउदा ल्याएको ब्याग, नेपालगन्ज उपमहानगरपालिकाले दिएको स्वास्थ्य कीट बोक्नु भएको श्रेष्ठले सबैलाई कोरोना पुष्टि भैहाले पनि नआतिन आग्रह गर्नु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएको दिन देखि आज शुक्रबार डिस्चार्ज हुने दिन सम्म श्रेष्ठलाई कुनै पनि लक्षण देखिएन । जस्तो पहिला हेल्दी थिए त्यस्तै आहिले छु भन्दै श्रेष्ठले आफ्नो स्वास्थ्य ठिक रहेको पनि बताउनु भयो । उच्च मनोबल गर्‍यो भने कोरोनाले कुनै पनि क्षेती पुर्‍याउन सक्दैन तर उच्च सतर्कता भने अपनाउनु पर्छ श्रेष्ठले थप्नुभयो ।

श्रेष्ठ लगायत ५१ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनबाट डिस्चार्ज हुनुभएको छ । घर फर्किने सबैको अनुहारमा खुशी देखिन्छ भने घरबाट लिन आउनेहरू पनि खुशी नै देखिएको पाइएको छ ।

Next Post

रिपोर्टिङ गर्दा गर्दै कोरोना पोजेटिभ हुन पुगे: पत्रकार दाहाल

२०७७ भाद्र ५, शुक्रबार १०:३५
नेपालगन्ज / शुक्रबार बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट ५१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । जसमध्ये पत्रकार खगेन्द्र दाहाल पनि नेपालगन्ज धम्बोझिमा रहेको आइसोलेसन केन्द्रबाट कुरोना मुक्त भएका छन् । शुक्रबार बिहान ९ बजे पत्रकारको ज्याकेट सहित सजिएका पत्रकार दाहाल घर फर्किन आतुर देखिन्थे । प्रेस संगठन बाँके अध्यक्ष डक्ट […]