नेपालगन्ज / शुक्रबार बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट ५१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । जसमध्ये पत्रकार खगेन्द्र दाहाल पनि नेपालगन्ज धम्बोझिमा रहेको आइसोलेसन केन्द्रबाट कुरोना मुक्त भएका छन् ।
शुक्रबार बिहान ९ बजे पत्रकारको ज्याकेट सहित सजिएका पत्रकार दाहाल घर फर्किन आतुर देखिन्थे । प्रेस संगठन बाँके अध्यक्ष डक्ट धिताल लगायत पत्रकार शंकर प्रसाद खनाल, कमल डांगी, रामु वली खादा बोकेर दाहाल लगायत अन्य संक्रमितहरुलाइ स्वागत गर्न आइसोलेसन केन्द्र पुगेका थिए । पत्रकार दाहाललाई खादा द्वारा स्वागत गरेपछि दाहालले आफुले रिपोर्टिङ गरेकै कारण कोरोना संक्रमित बन्नुपरेको बताए । उनले भने, ” कोरोना लाग्दैमा कुनै समस्या आइहाल्ने होइन, तर सावधानी आपनाउनु पर्छ । मलाई कुनै लक्षण देखिएन । जस्तो पहिला थिए त्यस्तै अहिले छु ।”
परिवारको साथ घर फर्किन लाग्नु भएका पत्रकार दाहालले साथी, सहकर्मी, आफन्त, नातेदार, सुभचिन्तक सबैलाई धन्यवाद दिन छुटाएनन । कोरोनाको युद्धबाट कोरोना मुक्त भएका पत्रकार दाहालले कोरोना संक्रमितहरुलाइ ब्लड आवश्यक परे आफुले रक्त दानगर्न तयार रहेको बताए । १४ दिन आइसोलेसनमा बसेका दाहाल लगायत ५१ जना आज घर फर्केका छन् ।