गाभर लायन पार्क र सम्शेरगन्जमा युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

  ।   २०७८ बैशाख ४, शनिबार १८:४२

समाचारदाता
नेपालगन्ज । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले बाँकेको गाभर लायन पार्क र सम्शेरगन्जस्थित सर्पदंश उपचार केन्द्रमा निर्माण गरिएको शौचालय हस्तान्तरण गरिएको छ ।

क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले गाभर पार्क ब्यवस्थापन समितिका अध्यक्ष युवराज शाहीलाई तथा उपाध्यक्ष पंचम गुरुङले राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खुम बस्नेत, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम शाह र नेपाली सेनाका प्रमुख सेनानी मिलनध्वज खाँणलाई साँचो तथा प्रमाणपत्र दिएर शौचालय हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै क्लबका प्रमुख संरक्षक सिद्दिकीले संस्थाले हस्तान्तरण गरेको शौचालयको आगामी दिनमा संरक्षण गर्ने जिम्मा स्थानीयको भएको बताउनुभयो । उहाँले गाभर लायन पार्क र शमसेरगन्जसिथत सर्पदंश केन्द्रमा शौचालयको निके आवश्यकता रहेकोले कतार च्यारेटीसंग आग्रह गरेर शौचालय निर्माण गराउन सहयोग प्राप्त गरिएको बताउनुभयो ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बस्नेतले सर्पदंश केन्द्रमा सेवाग्राहीहरुको चाप निकै हुने भएकोले आफुले शौचालय बनाई दिन युनेस्कोलाई गरेको आग्रह स्वीकार गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले बाँके जिल्लाका ७ वटा स्थानमा शौचालय निर्माण गरेको क्लबका कार्यकारी निर्देशक रबि तुलाधरले जानकारी दिनुभयो । उहाले आगामी दिनमा बाँकेका थप २० वटा स्थानमा शौचालय निर्माण गर्ने योजना रहेको पनि बताउनुभयो ।

Next Post

बैशाख ७ गते चैते दशैं, कर्णाली प्रदेशभर सार्वजनिक विदा

२०७८ बैशाख ४, शनिबार १८:४२
संवाददाता, नेपालगंज। चैत्र शुक्ल अष्टमी (चैते दशैमा) कर्णाली प्रदेश भर सार्वजनिक विदा दिईने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले आज जारी गरेको सूचना अनुसार वैशाख ७ गते प्रदेश भित्रका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थाहरुमा एक दिन विदा दिईदैन । विदा सम्बन्धी निर्णाय २०७७ […]