बर्दियाका विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

  ।   २०८२ असार ४, बुधबार ११:२६

नेपालगन्ज । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो । परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ ।

मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खत्री, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, अध्यक्ष रबि तुलाधर, सल्लाहकार नीरज गौतमलगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा बाँके युनेस्को क्लबको टोलीले विद्यालयमा बिज्ञान विषय पढाईको अवस्था, ल्याब सामानको संरक्षण र प्रयोगका अवस्था, सिकाई अभिलेखिकरणलगायतका सम्बन्धमा प्रधान अध्यापक र शिक्षकहरुसंग जानकारी लिएको थियो ।

यसैगरी, मधुवन ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहायक प्रधान अध्यापक विष्णु पोखरेललाई क्लबका अध्यक्ष तुलाधरले र वडा नम्बर १ त्रिभुवन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधान अध्यापक खिमा गौतमलाई क्लबका प्रमुख संरक्षक सिद्धिकीले सोही मूल्य बराबरका बिज्ञान विषयको ल्याब सामग्री हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा विद्यालयका अन्य शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशन नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ग्रीन इकोनोमी परियोजना बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा, सशक्त बालिका परियोजना बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा र सुरक्षा परियोजना राजापुर नगरपालिका र मधुवन नगरपालिकामा संचालन गर्दै आएको छ ।

तीन वटै परियोजनावाट मूलतः बालबालिका, किशोरीकिशोरी तथा युवाहरुको शिक्षा, स्वास्थ्य, सञ्चार प्रविधि, सुरक्षा तथा व्यवसायिक विकासमा सघाउ पुर्याउने उद्देश्य र लक्ष्य राखिएको छ ।

Next Post

बर्दिया बढैयातालमा बिज्ञान सामाग्रीकाे प्रदर्शनी सम्पन्न

२०८२ असार ४, बुधबार ११:२६
नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके […]