बर्दियाको मधुवन र ठाकुरबाबाका युवालाई डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिम

  ।   २०८३ जेष्ठ १६, शनिबार १६:३८

नेपालगन्ज । बाँके युनेस्को क्लबले डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम बर्दियामा सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । युवाहरूको वित्तीय साक्षरता, डिजिटल वित्तीय ज्ञान तथा लेखा व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका १८ देखि २८ वर्ष उमेर समूहका १०० जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।

सहभागीमध्ये ५० जना मधुवन नगरपालिका तथा ५० जना ठाकुरबाबा नगरपालिकाका युवा रहेका थिए । तालिमका सहजकर्ता विनय दिल लामाले अन्तरक्रियात्मक तथा समूहमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई व्यवहारिक लेखा व्यवस्थापन, डिजिटल वित्तीय उपकरणहरूको प्रभावकारी प्रयोग तथा जिम्मेवार वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले परियोजनाको उद्देश्य र युवाको आर्थिक सशक्तीकरणमा वित्तीय व्यवस्थापन सीपको महत्वबारे जानकारी गराउनुभएको थियो भने फिल्ड अधिकृतहरू सुनिता चौधरी र सृजना थारुले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सक्रिय सहयोग गर्नुभएको थियो ।

तालिमले युवाहरूमा पारदर्शी, जवाफदेही तथा दिगो वित्तीय अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । वित्तीय व्यवस्थापनका आवश्यक ज्ञान र सीप प्रदान गरेर युवाहरूलाई आत्मनिर्भर, उद्यमशील तथा आर्थिक रूपमा सशक्त बनाउन यति परियोजनाले निरन्तर सहयोग पु¥याउँदै आएको छ । सो तालिमले युवाहरूमा आर्थिक अनुशासन, डिजिटल वित्तीय सेवाको प्रयोग तथा उद्यम सञ्चालनका लागि आवश्यक लेखा व्यवस्थापन क्षमता विकास गरी स्थानीय स्तरमा नेतृत्व र उद्यमशीलता प्रवद्र्धन गर्ने छ ।

Next Post

When Every Drop Matters: Nepalgunj Residents Turn Waste Bottles into Lifelines for Thirsty Birds

२०८३ जेष्ठ १६, शनिबार १६:३८
Dr. Dakt Prasad Dhital. Nepalgunj/As the relentless summer sun scorches the plains of Banke and weeks pass without meaningful rainfall, the struggle for survival is not limited to humans alone. Across Nepalgunj, countless birds flutter through the heat in search of a single drop of water—often finding none. Moved by […]

सम्बन्धित शीर्षक