नगर विकास समितिले नालासमेत बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

  ।   २०७८ श्रावण ३०, शनिबार १६:३१

कैलाली । धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती डुवानमा परेका छन् । दुई दिन अघिदेखि भइरहेको वर्षाले उपमहानगरपालिकाका अधिकांश बस्ती डुवानमा परेका हुन् । उपमहानगरपालिकाको वडा नम्बर ३ को विशालनगर, मिलनचोक, मुख्य बजारको पार्कमोड, एलएनचोक लगायतका क्षेत्रमा घर र पसलमा पानी पसेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को विशालनगरका अधिकांश घरमा पानी पसेको छ । पानी निकासका लागि उपमहानगरपालिकाले ध्यान नदिएका कारण डुवानमा परेको स्थानीयको आरोप छ । तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।

धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्म जलमग्न हुँदा आवतजावतमा पनि सास्ती भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका दर्जनौ घरमा पानी पसेको जनाएको छ । सार्वजनिक जग्गा जथाभावी बिक्री ग¥दा धनगढी उपमहानगरपालिकामा डुवानको समस्या बढ्दै गएको हो ।

उपमहानगरपालिकामा नगर विकास समितिले खोलानाला, कुलो र ताल क्षेत्रको जग्गासमेत बिक्री गरेको छ । धनगढी उपमहानगरपालिका–३ बाट बग्ने पानीलाई निकासविना २ नम्बरमा छोडिएपछि २ नम्बरमा पर्ने घरहरू डुवानमा परेको स्थानीय शिवलाल धामीको भनाइ छ ।

स्थानीय जनप्रतिनिधिहरूले पनि डुवान समस्या हुनुको कारण तत्कालिन समयमा नगर विकास समितिकै कमजोरी रहेको स्वीकार गरेका छन् । हाल तिनै तहका प्रतिनिधिहरू धनगढीको डुवानबारे जानकार भए पनि सुनुवाइ कसैले नगरेको उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर बताउनुहुन्छ ।

निर्वाचनका बेला धनगढीको डुवान समस्या समाधान गर्ने सबै तहका नेताको आश्वासन हुन्छ । जब निर्वाचित भएर गए त्यसपछि यो मुद्धा कहिले उठ्दैन । अझै पनि धनगढीको डुवान समस्या समाधानका लागी दीर्घकालिन उपाय नखोजिने हो भने यहाँको बस्तीमा निकै क्षति पुग्नसक्छ । -ईमेजखबर

Next Post

नेपालमा थप २ हजार ६ सय जनामा कोरोना पुष्टि, २० जनाको ज्यान गयो

२०७८ श्रावण ३०, शनिबार १६:३१
काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण […]