नेपालमा थप २ हजार ६ सय जनामा कोरोना पुष्टि, २० जनाको ज्यान गयो

  ।   २०७८ श्रावण ३०, शनिबार १६:३४

काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख पाँच हजार एक सय ९० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।

थप २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ६० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Next Post

नेपाललाई निर्यातमुखी अर्थतन्त्र अपरिहार्य भइसक्यो : अर्थमन्त्री शर्मा

२०७८ श्रावण ३०, शनिबार १६:३४
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब निर्यातमुखी अर्थतन्त्र अपरिहार्य रहेको भन्दै यसमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो । उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि सामान्य […]

सम्बन्धित समाचार