रुकुम पश्चिम : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा पक्राउ परेका ११ जना विद्यार्थी नेता रिहा

  ।   २०७८ असार १७, बिहीबार ०८:४७

रुकुम पश्चिम । प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी सङ्गठनले हिजो बेलुका रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ११ जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको थियो ।

विद्यार्थीहरुले तीन घण्टासम्म प्रहरीले आफूलाई नियन्त्रणमा राखेको बताएका छन् । पक्राउ परेकाहरुमध्ये अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष सुशिल विष्ट, जिल्ला सचिव नारायण केसी, विद्यार्थी नेता विशाल विष्ट र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाइते भएका थिए ।

घाइतेहरुसँगै अनेरास्ववियुकी केन्द्रीय सदस्य भावना शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरासहित ११ जनालाई प्रहरीले रिहा गरेको हो।

 

-उज्यालो अनलाइन

Next Post

देशका धेरै ठाउँमा बाढी पहिरो, मनसुन भित्रिएको २१ दिनमा ३३ जनाको ज्यान गयो

२०७८ असार १७, बिहीबार ०८:४७
काठमाण्डौ । लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश– १ र प्रदेश– […]