बोगटीको अभाव महशुस भइरहन्छ : प्रधानमन्त्री

  ।   २०८० चैत्र २४, शनिबार १८:०२

काठमाडौ  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताउनुभएको छ।

शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’’

Next Post

एफ जि टी चर्च नेपालको १५औं वार्षिकोत्सब सम्पन्न

२०८० चैत्र २४, शनिबार १८:०२
  नेपालगन्ज । एफ जि टी चर्च नेपालले आफ्नो १५औं वार्षिकोत्सब कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को आफ्नै चर्च भवनमा विभिन्न कार्यक्रम गर्दै सो उत्सव मनाएको हो । वार्षिकोत्सब कार्यक्रममा प्रभु येशूको प्रार्थना र आराधना भाएको थियो । विभिन्न नृत्य देखाउदै जवानहरूले उपस्थित पाहुनाहरुलाई […]