म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

  ।   २०७७ फाल्गुन ३, सोमबार ०८:०१


एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।

केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यहि विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ ।

यसबीचमा नै संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारका सेनाले नागरिकविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । रातको समयमा छापा मार्ने र पक्राउ गर्ने जस्ता हर्कत सेनाले गरेको भन्दै उनले नागरिकको अधिकार हनन् गरिरहेको बताएका खबरमा उल्लेख छ । यस्तै, युरोपेली संघ, अमेरिका र बेलायतले म्यानमारका सेनालाई प्रदर्शनकारीमाथि हिंसा नगर्न अपिल गरेका छन् ।

Next Post

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह

२०७७ फाल्गुन ३, सोमबार ०८:०१
रन्जित कुमार चौधरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ । मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ । कार्यक्रममा […]

सम्बन्धित समाचार