आइतबार बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि

  ।   २०७७ कार्तिक ३०, आईतवार १६:३२

बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा आइतबार ५६ जनाको स्वाब संकलन गरेका मध्ये १९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । आइतबार दिँउसो साढे तीन बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका १० जना, बर्दियाका पाँच, कैलाली, कञ्चनपुर, सुर्खेत र प्युठानका एक/एक जना रहेका छन् ।

प्रयोगशालामा प्राप्त ४८ हजार चार सय २२ जनाको स्वाब नमुना जाँच कार्य सकिएको छ । जाँच गरिएका नमुना मध्ये चार हजार एक सय ४६ वटा नमुनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बाँकेबाट आइतबार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र आठ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या तीन हजार दुई सय ९५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

Next Post

नेपालमा १ हजार ४७७ जना कोरोनाका सङ्क्रमित थपिए, २ हजार ७९८ जना डिस्चार्ज

२०७७ कार्तिक ३०, आईतवार १६:३२
काठमाण्डौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको छ । आइतबार थप एक हजार चार सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९८ जना निको भएर फर्किएसँगै […]

सम्बन्धित समाचार