नेपालमा १ हजार ४७७ जना कोरोनाका सङ्क्रमित थपिए, २ हजार ७९८ जना डिस्चार्ज

  ।   २०७७ कार्तिक ३०, आईतवार १६:४२

काठमाण्डौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको छ । आइतबार थप एक हजार चार सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७३ हजार चार सय ३० पुगेको छ ।

अब नेपालमा ३५ हजार एक सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय २१ पुगेको छ ।

Next Post

अर्को जाडोयामसम्ममा कोरोना महामारी सामान्य हुने खोप निर्माताको भनाइ

२०७७ कार्तिक ३०, आईतवार १६:४२
काठमाण्डौ । खोप निर्माताहरूले आउँदो वर्षको जाडोयामसम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् । औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने बताउनुभएको बीबीसीले जनाएको छ । बायोटेकले […]