
संवाददाता, नेपालगन्ज
आइतबार दिउँसो देखी पर्न शुरु गरेको हावाहुरी सहितको पानीले भित्राउने तयारीमा रहेको धानबालीमा असर गरेको छ ।
धान उत्पादनका हिसाबले महत्वपुर्ण मानिने बाँके, बर्दियाका अधिकांशका किसानका खेतबारीहरु यतिबेला पानीले जलाम्मे बनेका छन । काट्दै गरेको अवस्थामा धान खेतबारीमै थन्कीएपछि यता किसानहरु चिन्तित बनेका छन् । कहाँ कति क्षति भयो भनेर एकिन विवरणहरु भने अझै सार्वजनिक भइसकेका छैनन् ।

यता उज्यालो अनलाइनमा प्रकाशित मौसम सम्बन्धी एउटा खबर अनुसार बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ ।
पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

अपडेट…..



