राँझा विमानस्थलमा आपतकालिन अभ्यास

  ।   २०७९ फाल्गुन १२, शुक्रबार १३:५४

संवाददाता, नेपालगंज

नेपालगंज नागरिक उड्डयन कार्यालय, राँझा बाँकेले आज आपतकालिन अभ्यास गरेको छ ।

विमानस्थलमा हुन सक्ने घटना, दुर्घटनालाई मध्येनजर गरी विमानस्थल सँग सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा आपत्तकालिन अभ्यास गरिएको हो ।

आपत्तकालिन अभ्यासका क्रममा विमानस्थल परिसरमा धुँवाको मुसलो, दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मी, सर्वसधारण लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

हवाई दुर्घटनाका समयमा हुने क्षतिलाई न्यूनिकरण, द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन आपत्तकालिन अभ्यासले सहयोग पुग्ने विश्वास लिईएको छ ।

फोटो सौजन्य डीइओसी बाँके

Next Post

राती १० बजेसम्म मात्र सानो आवाजमा डि.जे. साउण्ड सिस्टम बजाउन सञ्चालक सहमत

२०७९ फाल्गुन १२, शुक्रबार १३:५४
संवाददाता, बर्दिया । राती १० बजेसम्म मात्र डि.जे. साउण्ड सिस्टमहरु बजाउन बर्दियाका टेन्ट हाउस, डि.जे. साउण्ड सिस्टम पसलका संचालकहरु सहमत भएका छन । बिवाह, पुजा, ब्रतबन्ध, पार्टी लगाएका बिभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा प्रयोग हुने डि.जे.लगायतका साउण्ड सिस्टमहरु चर्को आवाजमा रातभरी बजाईने गर्नाले ध्वनी प्रदुषण बढेको भन्दै गुनासो आएपछि छलफल गरी […]

सम्बन्धित समाचार