राती १० बजेसम्म मात्र सानो आवाजमा डि.जे. साउण्ड सिस्टम बजाउन सञ्चालक सहमत

  ।   २०७९ फाल्गुन १२, शुक्रबार १५:२४

संवाददाता, बर्दिया ।

राती १० बजेसम्म मात्र डि.जे. साउण्ड सिस्टमहरु बजाउन बर्दियाका टेन्ट हाउस, डि.जे. साउण्ड सिस्टम पसलका संचालकहरु सहमत भएका छन ।

बिवाह, पुजा, ब्रतबन्ध, पार्टी लगाएका बिभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा प्रयोग हुने डि.जे.लगायतका साउण्ड सिस्टमहरु चर्को आवाजमा रातभरी बजाईने गर्नाले ध्वनी प्रदुषण बढेको भन्दै गुनासो आएपछि छलफल गरी सहमति खोजिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गुनासो सम्बोधनको लागी जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुले आ–आफ्नो एरियामा संचालनमा रहेका टेण्ट हाउस, डि.जे. तथा साउण्ड सिस्टम पसलका संचालकहरुलाई प्रहरी कार्यालयमा बोलाई टेण्ट हाउस, डि.जे. तथा साउण्ड सिस्टम पसलबाट कुनैपनि कार्यक्रमको लागी प्रयोग गरिने डि.जे. लगायतका साउण्ड सिस्टमहरुको आवाज कार्यक्रम स्थलमा मात्र सुनिने गरी सानो साउण्डमा बजाउने निर्णाय भएको हो ।

Next Post

कसरी हुँदैछ राष्ट्रपति निर्वाचन ?

२०७९ फाल्गुन १२, शुक्रबार १५:२४
संवाददाता, काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी […]

सम्बन्धित शीर्षक