इनटरनेशनल मीडिया कन्फ्रेन्सको तयारीमा नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समिति

  ।   २०७८ कार्तिक २८, आईतवार १८:०६

संवाददाता, नेपालगंज

नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनीमा अन्र्तराष्ट्रिय मीडिया सम्मेलन गर्ने निर्णाय गरेको छ । अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।

यस्तै प्रदेश अन्र्तगत पर्ने १२ जिल्लाका १ हजार ७ सय पत्रकारहरुको प्रदेश कार्यसमितिले जारी गरेको परिचय पत्रका आधारमा निःशुल्क दुर्घटना बीमा गर्ने, पत्रकार कल्याण कोष स्थापना गर्ने लगायतका निर्णाय पनि गरेको छ ।

यसैगरी प्रदेश समितिका गतिविधिहरुलाई थप प्रभावकारी र सक्रिय बनाउन भन्दै बसन्त गिरीको संयोजकत्वमा भवन निर्माण समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा अनुशासन समिति, शिव सुनारको संयोजकत्वमा समावेशी समिति, चुमा आचार्यको संयोजकत्वमा महिला समिति र विक्रम खड्काको संयोजकत्वमा संगठन विभाग समिति पनि निर्माण गरिएको छ ।

प्रदेश समितिले महासंघको भवन निर्माण स्थलको अवलोकन पनि गरेको जनाएको छ ।

लुम्बिनी पत्र दैनिकबाट

Next Post

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द सफल पार्न सडकमा निस्किएका कार्यकर्ता पक्राउ

२०७८ कार्तिक २८, आईतवार १८:०६
नेपालगन्ज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक ईश्वरदेव गिरीले बताउनुभयो । नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक […]

सम्बन्धित समाचार