नवनियुक्त मन्त्रीहरुले भोलि बिहान साढे ११ बजे शपथ लिने

  ।   २०७७ आश्विन २८, बुधबार २२:१०

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ । नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने तय भएको हो ।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आउनुभएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

त्यस्तै केही मन्त्रालयमा हेरफेर गरिएको छ । उज्यालो अनलाइन

Next Post

आईपीएलमा राजस्थान रोयल्स राजस्थान दिल्ली क्यापिटल्ससँग १३ रनले पराजित

२०७७ आश्विन २८, बुधबार २२:१०
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर […]