छ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह

  ।   २०७८ श्रावण २८, बिहीबार ०६:३८


काठमाडौं । मनसुन थप सक्रिय हुँदा अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका धेरै स्थानमा केही दिन भारी र अति भारी वर्षा हुने छ ।

आज विहान देशभर सामान्यदेखी पूर्ण बदली रहि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले थप सतर्कता अपनाउनु पर्ने मौसमविद्को भनाइ छ ।

Next Post

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड ऋण दिने

२०७८ श्रावण २८, बिहीबार ०६:३८
काठमाडौं । कोभिड- १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। अर्थमन्त्रालयमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यो सहुलियत ऋण सहायताले […]