विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द सफल पार्न सडकमा निस्किएका कार्यकर्ता पक्राउ

  ।   २०७८ कार्तिक ३०, मंगलवार ०९:४२

नेपालगन्ज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक ईश्वरदेव गिरीले बताउनुभयो ।

नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई–रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुस्ख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

पन्चपुरी नगरपालिका वडा नम्बर ११ सुर्खेत स्थायी ठेगाना भइ हाल जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय पुष्कल कुमार माझीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

नेपालगन्जमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिदैन भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन् । ई-रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन् । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिक रुपमा खुलेको देखिन्छ ।

Next Post

राष्ट्रिय सभाको चुनाव माघ १२ गते

२०७८ कार्तिक ३०, मंगलवार ०९:४२
काठमाण्डाै | आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । आउँदाे फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । रिक्त हुने २० मध्ये […]