नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा राष्ट्रिय बाल दिवस शुभकामना व्यक्त

  ।   २०७९ भाद्र २९, बुधबार १०:१७

बाँके। आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यस वर्षको बालदिवसको नारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।”भन्ने मूल नाराका साथ मनाइँदै छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

दिवसका अवसरमा शुभकामा दिँदै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई नरैनापुर गाउँपालिकाले प्राथमकितामा राखेको बताउनु भएको छ ।

उहाँले शिक्षामा सबैको पहुँच पुर्याउने गरि योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्दै निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा नरैनापुर गाउँपालिकले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षालाई थप गुणस्तरीय बनाएको उल्लेख गर्दै शिक्षाम‌ा पहुँच बढाउन बस र निःशुल्क शिक्षा संचालन गर्दै आएको जिकिर गर्नु भयो।

पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा नरैनापुर गाउँपालिका सचेत रहेको उल्लेख गर्दै लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको समेत शुभकामनामा उल्लेख गर्नु भएको छ ।

Next Post

जसले नेपालगञ्ज सहरको तस्विर फेर्यो, कठ्ठामार ब्लड होएगा

२०७९ भाद्र २९, बुधबार १०:१७
नरेन्द्रजंग पिटर ‘पुलिसले मात्रै नगरको अस्त–ब्यस्ततालाई नियन्त्रण गर्न सकिँदैन भनेर नगर प्रहरीको व्यवस्था गरियो । काठमाण्डौपछि नगर प्रहरी राख्ने दोश्रो सहर नेपालगञ्ज बन्यो । नगर पञ्चायतका पिउनहरूलाई नगर प्रहरीमा फेरियो भने उनिहरूको क्याम्प नगर भवनको माथिल्लो तला (सदरलाइन, टाँगा स्टैन्ड अगाडि) बनाइयो ।’ ताम्ला उक्यावको राष्ट्रिय परिचय ठूलो छ । […]