जसले नेपालगञ्ज सहरको तस्विर फेर्यो, कठ्ठामार ब्लड होएगा

  ।   २०७९ भाद्र २९, बुधबार १३:३१

  • नरेन्द्रजंग पिटर

‘पुलिसले मात्रै नगरको अस्त–ब्यस्ततालाई नियन्त्रण गर्न सकिँदैन भनेर नगर प्रहरीको व्यवस्था गरियो । काठमाण्डौपछि नगर प्रहरी राख्ने दोश्रो सहर नेपालगञ्ज बन्यो । नगर पञ्चायतका पिउनहरूलाई नगर प्रहरीमा फेरियो भने उनिहरूको क्याम्प नगर भवनको माथिल्लो तला (सदरलाइन, टाँगा स्टैन्ड अगाडि) बनाइयो ।’

ताम्ला उक्यावको राष्ट्रिय परिचय ठूलो छ । कूटनीतिज्ञ, पूर्व प्रशासक । खाम भाषी । खम्पा समस्या समाधानमा पनि उहाँको भूमिका छ । यस लेखमा भने अन्य विषयमा प्रवेश नगरी नेपालगञ्जसंग उहाँको साइनोबारे चर्चा गरिनेछ । नगर पंचायतका प्रशासक भएर आएपछि उहाँले सहरको चित्र र चरित्र कसरी फेरिदिनुभयो ! सोच भएको र सोचलाई कार्यान्वयन गर्ने आँट र अठोट भए सामान्य कामपनि कालान्तरमा के महत्व हुँने रहेछ भन्ने उदाहरण हुनुहुन्छ – ताम्ला । उहाँका कामले दिएको सन्देश भनेको “गरे हुन्छ र नयाँ किर्तिमान कायम गर्न सकिन्छ” भन्ने हो । नयाँ बन्न र बनाउन चाहने समाजमा सोच र भूमिकामै हस्तक्षेप आवस्यक हुन्छ । आफै दाग लागेको छैन भने नयाँ निर्णय लिने आत्मबल हुन्छ । निर्णयलाई सर्व–स्वीकार्य गराउन मुस्किल पर्दैन । स्वच्छ देखि दागीहरू सधैँ डराउँछन् भने प्रभाव पार्न खोज्नेहरू नजिक ढिम्किने आँटै गर्दैनन् ।

ताम्ला उक्याव नेपालगञ्ज नगर पंचायतका प्रशासक भएर २०३३ भदौमा आउनुभयो । नगरपंचायत कार्यालय बागेश्वरी नजिक शंकर स्टोर अगाडी थियो । कार्यकाल ७ महिना मात्रै रह्यो । त्यसवेला ऋतुवर्ण तुम्बाहाम्फे भेरी अञ्चलका अञ्चलाधिश हुनुहुन्थ्यो । ताम्ला भने राजप्रतिनिधि अञ्चलाधिसलाइ टेर्नुहुन्थेन । चाकडी बजाउँनु हुन्थेन । हस्तक्षेप पटक्कै चाहाँनुहुन्थेन । प्रधानपञ्च नगरमा नभएकाले ताम्ला नै प्रमुख हुनुहुन्थ्यो । उहाँ फर्किएपछि महावीर गुप्ता प्रधानपञ्च हुनुभयो । देशैभर गाउँफर्क र अञ्चलाधिशको सिफारिसमा मात्रै जनप्रतिनिधि छानिन्थ्यो । अञ्चलाधिशको निगाहमा राष्ट्रिय पञ्चायत सदस्य मात्रै हैन, मन्त्री पनि हुन्थे । ताम्ला भने आप्mना मिसनमा दबाब नभई आवश्यकतामा केन्द्रित हुनुहुन्थ्यो ।

उहाँले ७ महिनामै नेपालगञ्जको सोंचमा हस्तक्षेप गर्दै दीर्घकालीन असर पार्ने ४ वटा काम फत्ते गर्नुभयोे । आखिर ताम्ला पनि त ब्यबस्थाका एउटा पार्ट–पुर्जा हुनुहुन्थ्यो । यथास्थितिमा रहन चाहाने समाज, जोखिम उठाँउन नचाहने कर्मचारी तन्त्र (अन्चलाधिश) समाजिक हस्तक्षेपलाई व्यवस्था विरोधी घुस्–पैठको भयले सताइएको व्यवस्थाले उहाँका काम, कारवाही र शैलीले अस्तित्व संकट सोचेर छिटै सरुवा गरायो । तर, त्यसवेलासम्म नगरको चित्र र चरित्र नै फेरिसकिएर दीर्घकालीन प्रभाव छोडिसकेको थियो ।

– भाषासुद्दी अभियान
– नगर प्रहरीको व्यवस्था,
– नालीमा खुला पिसाव गर्ने चलन नियन्त्रण,
– बिच सडकका बर–पीपलका रूख र इनार हटाइए ।

१) त्यसबेलासम्म हरेक पसलका साइनबोर्डमा भाषा अशुद्ध र ठेगाना जिल्ला बहराइच, पोष्टः रूपैडिया भनेर लेखिन्थ्यो । ताम्लाले नेपालगंजको मनोविज्ञान बुझनुभएको थियो । सामान्य जस्तो देखिएपनि ‘नयाँ मुलकमा’ त्यसले गम्भिर अर्थ र सन्देश दिइरहेको हुन्थ्यो । शुद्ध भाषामा लेख्ने आदेश दिनुभयो, पालन गराउनुभयो । सो अभियान आदेशबाट मात्र नभई अभियानमा युवाहरू सामेल गराए । लियाकत अली, मुकुन्द बहादुर केसी, केशरमान श्रेष्ठ, गोवद्र्धन सम्झना, श्याम बाबुहरूजस्ता तन्नेरी अभियानमा सहभागी भए ।

२) पुलिसले मात्रै नगरको अस्त–ब्यस्ततालाई नियन्त्रण गर्न सकिँदैन भनेर नगर प्रहरीको व्यवस्था गरियो । काठमाण्डौपछि नगर प्रहरी राख्ने दोश्रो सहर नेपालगञ्ज बन्यो । नगर पञ्चायतका पिउनहरूलाई नगर प्रहरीमा फेरियो भने उनिहरूको क्याम्प नगर भवनको माथिल्लो तला (सदरलाइन, टाँगा स्टैन्ड अगाडि) बनाइयो ।

३) त्यस बेलासम्म पसलेहरू दुकान अगाडिको नालामा आँखा चिम्लेर दिउँसै खुला पिसाब गर्थे । पत्रकार लियाकत अली भन्नुहुन्छ, ‘त्यसलाई नियन्त्रण गर्न खुला पिसाब गर्नेलाई २५ रुपियाँ जरिवाना हुन्थ्यो । खुला दिसा–पिसाब गर्ने साहु–सेठानहरू अभियुक्त बनाइएर नगर पञ्चायतमा पु¥याउन थालिँदा खुला ‘मुतुवा’ को सामाजिक प्रतिष्ठा छताछुल्ल भएपछि खुला शौच गर्न छोडे । समस्यालाई हल गर्न आदेश र दबाबले मात्रै पुग्दैनथ्यो, विकल्प पनि दिनुपर्छ भनेर त्रिवेणी मोडमा सार्वजनिक चर्पी बनाइयो ।’

४) सुब्बा पद्मनाथ निर्मित नेपालगञ्जभन्दा २०३३ को सहरको घनाबस्ती, बढ्दो ट्राफिकले मूल बाटो साँघुरो भइसक्या थियो । तर बीच सडकमा मन्दिर, इनार र ठूला–ठूला रूखहरु थिए । अँझ त्रिभुवन चोक यताउता बर–पीपलका झाङ्गिएका अजङ्गका रूख थिए । बर–पीपल बृक्ष हिन्दु भावनासँग जोडिएको हुँदा त्यसलाई काटेर सडक चौडा बढाउनु भनेको अति धार्मिक थलोमा साम्प्रदायिक समस्या निम्त्याउनु हुन्थ्यो । ताम्लाले चुनौती मोलेर सडक फराकिलो बनाउनुभयो । बर–पीपलको २ वटा रुख काटियो, ३ वटा इनार पुरिएर सडक फराकिलो बनाइयो । त्यसले सहरमा महिनौँ साम्प्रदायिक गतिरोध उत्पन्न भयो । विरोधमा अञ्चलाधिशकोमा उजुरी पुगे । अञ्चलाधिशले ताम्लालाई बोलाउँदा उहाँ भने जानुभएन ।

५) सडक बीचमै रहेका मन्दिरहरूलाई बागेश्वरी मन्दिरको वरिपरि पुनर्निर्माण गरेर प्राण–प्रतिष्ठा भर्ने उहाँको प्रस्तावले अँझ खलबली मच्चियो । तव साम्प्रदायिक तनाव निम्तिन सक्ने आशङ्काको रिपोर्ट भए । यहाँका धनाढ्यको शक्तिमा पहुँचले ७ महिनामै उहाँलाई फिर्ता गरियो ।

६) मुल सडककमा मन्दिर, इनार र रूखले ओगटेपछि भविस्यको सहरले भींड र ट्राफिक धान्न सक्दैन भन्ने सोच्ने ताम्ला उक्यावको कामलाई सदरलाइनका अगुवाहरूले तत्काल बुझ्न र स्वीकार्न भने सकेनन् । अँझ सामाजिक सदभाव कायम गर्न नयाँ विकसित सोचले मात्रै सक्थ्यो । सदरलाइनका अगुवाहरूले भविष्यको मनोविज्ञान बुझ्न नसक्दा पुरानो बजारको साख कायम गर्न सकेनन् । सुर्खेत रोड र न्युरोड सर्न थाल्यो । अव सहरको केन्द्र पनि त्रिभुवन चोक रहेन ।

अन्तमा, वर्तमानमा साना–साना लाग्ने कामहरु काम भइरहेको समयमा अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसले समाजमा हस्तक्षेप गरेर इतिहासमा ठाउँ ओगटिरहेको हुन्छ । यथास्थिति र परिवर्तन बिच टकराहट भइरहेका हुन्छन् । सत्ताले यथास्थितिसंग सम्झौता गरेर सुरक्षित भईरहन चाहान्छ भने समाज परिवर्तन चाहिरहेको हुन्छ । पात्रका रुपमा मान्छेले जोखिम उठाएरै आप्mनो औचित्य सावित गरिरहेको हुन्छ । यथास्थिति सत्तामा पनि परिवर्तन गर्ने र समयको पदचाप चिन्ने प्रशासकहरु हुन सक्छन् । त्यसैमध्येमा ताम्ला उक्यावको छाप नेपालगञ्जमा रह्यो ।

निस्पट्ट अँध्यारोमा पनि एउटा झिल्कोले बाटो पहिल्याउन सक्छ । निराशामा आशा भर्न सक्छ । एउटा मानिसले पनि समयको गति बुझेर सपना देख्न सक्छ भने उसले धेरैलाई आफ्नै जस्तो सपना देखाएर सामाजिक शक्तिमा फेर्दै समाजमा उथल–पुथल ल्याउने छाप छोड्न सक्छ । नालीमा खुला पिसाब गर्ने पुरातन सोंचबाट नयाँ नेपालगञ्जमा फेर्ने ताम्ला उक्यावको छोटो समय स्मरणीय रहिरहनेछ । पुराना सोंचले ¥याडिकल चिन्तन र त्यस्ता प्रशासक रुचाउँदैनन् । सत्ता आधुनिकता र युगीन कुराभन्दा यथास्थिति रुचाउँछ र सुरक्षित सोच्छ ।

(श्रोत्तः पत्रकार लियाकत अली र ताम्ला उक्याव)

Next Post

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

२०७९ भाद्र २९, बुधबार १३:३१
k काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभएको छ । उहाँले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ, त्यो आन्दोलनको […]

सम्बन्धित शीर्षक