सुझाव माग्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर जंग गहतराज (अथक)

खेलाडीको देश भनेर अन्र्तराष्ट्रिय तहमा चिनाउने गरी काम गरिने

  ।   २०७८ आश्विन ३०, शनिबार १६:४७

संवाददाता, नेपालगंज ।

नेपाल सरकारका, युवा तथा खेलकुद मन्त्रि महेश्वर जंग गहतराज (अथक) केही दिन यता गृह जिल्ला बाँकेमा बेस्त हुनुहुन्छ ।

दशैं सगैं विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागी भईरहनुभएका मन्त्रि अथकलाई आज नेपालगंजमा बधाई तथा अभिनन्दन गरिएको छ ।

प्रेस सेन्टर नेपाल, बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको सुझाव, परामर्श अनुसार आफु अगाडी बढ्ने भन्र्दै नेपाललाई अब खेलाडीको देश भनेर अन्र्तराष्ट्रिय तहमा चिनाउने गरी काम गरिने बताउनुभयो ।

बाँकेमा क्रियाशिल पत्रकारहरुका बीचमा, मन्त्रि अथकले भन्नुभयो, ‘सरकारका साझा नीति तथा कार्यक्रम छन, ३ बर्षमा खलबलिएको ब्यवस्थालाई सुधार गरी राजनीति तर्फ जनताको विश्वास जगाउनु छ ।

बाँके जिल्लाको शिर उचाईमा पु¥याउन, साथी, भाई, सर, जसरी सम्बोधन गरे पनि तपाईको सल्लाह मेरो लागी महत्वपुर्ण छन, दिनुहोस ।’

प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको बधाई, अभिनन्दन तथा अन्र्तक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी) पनि सहभागी हुनुहुन्थ्यो ।

Next Post

गड्यौलापालनतर्फ किसान आकर्षित

२०७८ आश्विन ३०, शनिबार १६:४७
वालिङ । यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग […]

सम्बन्धित समाचार