आयुर्वेद अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविर सम्पन्न

  ।   २०७९ माघ १३, शुक्रबार २१:५१

बा“के । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा आमनागरिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको थियो । अस्पताल परिसर नेपालगन्ज उप–महानगरपालिका वडा वडानम्बर–१० आर्दश नगरमा भएको शिविरमा ४ सय ५० जनाले परिक्षणका लागि आफनो नामदर्ता गराएका थिए । त्यस मध्य ३ सय २६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

बिहिबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा विशेष छुटमा ३ जना पाईल्स र १ जना फिस्टुलाको बिरामीको सफल रुपमा शल्यक्रिया समेत गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सीमिश्रले बताईन् । यसैगरी गौरव स्मृति र ‘बियोर्ससेल्फ फाउण्डेशन’ स“गको सहकार्यमा शिविरमा आखा“ परिक्षणको सेवा पनिउ पलब्ध गराईएको थियो । शुक्रबार डा. मदन भण्डारी, डा. मनोजकुमार यादव, सहायक सन्जिवकुमार थारु र सम्झनाको टिमले पाइल्स र फिस्टुलाको शल्यक्रिया गरेको थियो ।स्वास्थ्य शिविरमा परिक्षण गराउन आएका बिरामीलाई निशुल्क औषधीवितरण गर्दै ल्याब परिक्षण र शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको थियो । अस्पतालले शिविरमा उपचार गराएकाहरुको एक महिना पछि पुनःनिःशुल्क रुपमा स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ । १५शैयाको नेपालगन्जआयुर्वेद जनरल हस्पिटल नेपालमा नीजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । जसको उद्घाटन गत बिहिबार नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. प्रकाशसरण महतले गरेकाथिए ।  दुई दिने शिविरमा आउने बिरामीको संख्याले नेपालगन्जमा आयुर्वेद अस्पतालको महत्वलाई देखाएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले बताए । अस्पतालले आगामी दिनमा पनि नियमित रुपमा ग्रामिण क्षेत्रमा गएर स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको वाल्मिकीले बताए । यसले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उनले बताए । नेपालगन्ज आयुर्वेद अस्पताल दक्ष जनशंक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो ।

Next Post

खजुरामा विद्यालय व्यवस्थापन समितिकाे निर्वाचन सम्पन्न

२०७९ माघ १३, शुक्रबार २१:५१
पुरन परियार बाँके । खजुरा गाउपालिका वडा नं. ३ अवस्थित श्री ज्ञानाेदय नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समितिकाे निर्वाचन शुक्रबार सम्पन्न भएकाे छ । निर्वाचनमा  ४ जना अभिभावक निर्वाचित भएका छन ।  निर्वाचित हुनेमा घर चिह्नका उम्मेदवार नारद प्रसाद शर्मा र टेबुल पंखा चिह्नका राम बहादुर खवास तेसै गरि महिला सदस्य […]

सम्बन्धित समाचार