सभ्य समाजको मियो नारी शक्ति नै हो

  ।   २०७७ आश्विन २२, बिहीबार ०९:३०

हासिरहेकि मुस्कुराइरहेकि एक नारी जुन घरमा हुन्छिन्, जसको कदममा प्रेमको गीत हुन्छ, जसको मनमा खुशीको बाहार हुन्छ, जसले बाच्नुको एक आनन्द पाइरहेकी हुन्छिन्, जसको श्वास-प्रश्वासमा प्रेम भरिएको हुन्छ । उनी जून घरको केन्द्रमा हुन्छिन्, त्यो घरमा एक नयाँ सुवासना, एक नयाँ संगीत उत्पन्न हुन्छ । यो एउटा घरको मात्रै प्रश्न हैन यो त प्रत्येक घरको प्रश्न हो । यदि प्रत्येक घरमा यो सम्भव हुन सक्यो भने एक असल समाज उत्पन्न हुनेछ । जहाँबाट शान्तिको सुवासना फैलिरहेको हुन्छ । आनन्दीत र प्रफुल्लित हुनेछ ।

पुरुष सङ एक क्षमता छ, गणित विज्ञानको तर्क अनुसार स्त्री संग अर्को क्षमता छ । प्रेमको हृदयको भाव भन्न मुस्किल छ, यसमा श्रेष्ठ कसलाई ठान्ने ? तर पुरुषहरुले अहिले सम्म पनि मान्दै आएका छन्, पुरुष नै श्रेष्ठ हो भनेर ।

पुरुषद्वारा कोरिएको दुनियाँमा आक्रमण हुन्छ र भएका धेरै इतिहास पनि छन्, जहाँ हिंसा हुन्छ, त्याहा प्रेम हुन सक्दैन । वास्तवमा स्त्रीलाई स्विकार गरिएको, स्त्रीले बनाएको दुनियाँमा प्रेमको लागि स्थान हुन्छ, विणा र नृत्यले प्रेवेश पाएको हुन्छ । तरबार एक्लो र सत्य रहन सक्दैन ।

यदि कुनै पुरुषले लेडिज फस्ट भन्छ भने स्त्रीले स्विकार गर्नु पर्छ भन्ने मान्यता छ । हामी पाँचौ नम्बरमा उभिन्छौ, हामी पहिलो नम्बरमा उभिने विशेष अधिकार चाहदैनौ । किनकि विशेष अधिकार मात्र कम्जोरलाई दिने चलन छ । शक्तिशालीलाई विशेष अधिकार दिइदैन । यस्तो पौराणिक अधिकार स्त्रीलाई चाहिएको होइन ।

जसले फूलको चिन्ता गर्छ त्यसले जरालाई बिर्सिन्छ । जब जराको वास्ता गरिदैन तव फुल ओइलाउ छ नौ । जसले जराको स्याहर अनि सम्भार गर्छ त्यसको बिरुवाले आफै फुल उत्पन्न गर्छ । अनि बिरुवा आफै ठीक हुन्छ र जिवन्त हुन्छ ।

जहाँसम्म मलाई थाहा भएसम्म सबै ठाउको एउटै हालत छ, एउटा केटी एक्लै बाहिर निस्कन सक्तिनन् कतै न कतै उन्लाइ धक्का दिइन्छ । कतै न कतै कसैले न कसैले उनलाइ अपशब्द बोल्ने गर्छ, वा बलात्कारको शिकार हुनेछिन् । यो तब सम्म जारी रहन्छ जबसम्म केटा र केटी लाई अलग दृस्ठिकोणले हेर्ने परम्पराको अन्त्य हुदैन ।

यदि यसलाई मेटाउनु छ भने स्त्री भित्र जुन उर्जा छ त्यो शक्ति संचय गरेर अगाडी बढाउन सक्नुपर्ने हुन्छ । यदि हामीले यसको जरैसमेत निकालेर फ्याक्नु छ भने स्त्रीले आफ्नो सारा विशेषाधिकार लिनु पर्छ । उसले पुरूषसँग सङगै उसको छेउमा उभिएर प्रतिस्पर्धामा उत्रन सक्नु पर्छ ।

Next Post

फिनल्यान्डमा एक दिनका लागि प्रधानमन्त्री किशोरी

२०७७ आश्विन २२, बिहीबार ०९:३०
लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्राय : माथि पर्छ । तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गर्नुभयो । कुनै नयाँ कानुन नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो । जसको उद्देश्य हो प्रविधिमा […]

सम्बन्धित समाचार