ख्रीष्टमस शुभकामना

  ।   २०७७ पुष ११, शनिबार २०:३०

बडा दिन ख्रीष्ट जन्मोत्सव ‘ख्रीष्टमस तथा नयां बर्ष २०२१’ को खूशीयालीमा सबैलाई हार्दिक बधाई र शूभकामना छ । यस अवसरमा मानिसहरुले बर्ष भरीको लागि येशुको आशिर्वाद लिन चर्चहरुमा गएर मम बत्ति प्रज्जवलित गर्ने र प्रार्थना गर्ने गर्दछन, येशुको दिब्य बचन सून्छन् र एक अर्कासंग ख्रीष्टमस बधाई खूशीयाली साटासाट गर्दछन । यस पालीको ख्रीष्टमस सबैको लागि आशिषमय होस ।

परमेश्वरको पूत्र येशु ख्रीष्ट मानवरुप लिएर मानव प्राणीको उद्धारकर्ता मूक्तिदाता मशिह बनेर यस संसारमा २०२० बर्ष अगाडी उहाँको जन्म भएको थियो । उहाँ संसारको मशिह र संसारको ज्योति बनेर पे्रम, शान्ति र मानिसको लागि आशा लिएर यस धर्तिमा आउनू भएको थियो ।

अहिले मानिसहरु विभिन्न किसिमका बिपतहरुको कारणले निराशा, अशान्ति र तनांवमा छन । जस्तै हाम्रो देशले पनि बिभिन्न समयमा नाकाबन्दी, राजनैतिक संकटहरु, भूइचालो, बाडी पैरो, र विभिन्न प्रकारका माहामारीहरुबाट भएर गूर्जनू प¥यो र अहिले पनि विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ कोराना भाइरसले मानव जीवनमा आतंड्ढ ल्याएको छ ।

कोरानाको कारण धेरै मानिसहरुले ज्यान गूमाउनू प¥यो, पेशा गूमाउनू प¥यो, भोक प्यासले मर्नू प¥यो । मानिसको जीवनमा अपमान ल्यायो र उत्पादनमा राह्स आएको छ । आर्थिक कृषि , शिक्षा र ब्यबसायिक क्षेत्रमा प्रत्यक्ष असर पा¥यो । एक मूष्ठमा भन्नू पर्दा मानव जीवनमा बर्बादी ल्यायो । अहिले मानव जीवनको आशा र खूशीहरु आंशू, निराशामा परिणत भएको छ ।

यस्तो अबस्थामा पनि यस पटकको ख्रीष्टमस पर्व उत्साहपूर्वक नयां आशाका साथ ख्रीष्टियानहरुले ख्रीष्टमस पर्व भव्यरुपमा मनाउदै छन् । आशिष लिने दिने, ख्रीष्टमसको शुभकामना आदान प्रदान गर्नेछन तर विश्वव्यापीरुपमा फैलिएको महामारी कोभिड १९ कोराना भाइरसको कारण ख्रीष्टमस पर्व मनाउने क्रममा पनि ख्रीष्टियान सस्कृति, मूल्य मान्यता संस्कार चालचलनहरु र सामाजिक उत्तरदायित्वको भएको कारण ख्रीष्टियानहरुले पनि केही चलनहरुलाई यस पटकलाई कटौती गरेका छन र रोकेका छन । जस्तै, घरघरमा गएर येशुको जन्मको विषयलाई सन्देश दिने र क्यारोल गितको प्रोग्राम गर्ने जस्ता कार्य रोकिएको छ । ठुलो भिडमा ख्रीष्टमस भोज नगर्ने, ख्रीष्टमस कार्यक्रममा ठुलो भिड न्युनीकरण गर्ने जस्ता प्रयासहरु हूनेछन ।

ख्रीष्टमसको शूभकामना
हामी नेपालीले विगत बर्षहरुमा वाढी पैरौ तथा भूकम्प र नाकाबन्दी झेल्दै आईरहेका अवस्था र हाल विश्वव्यापीरुपमा फैलिएको महामारी कोभिढ १९ कोराना भाईरसको कहरवाट तर्सित र ग्रसित हामी नेपालीले सन् २०२० लाई विदाई गर्दै पून आशाका पालूवाहरु पलाउदै ख्रीष्ट येशूको जन्मोत्सवको उपलक्ष्यमा आशिष थाप्दै नयाँ बर्ष २०२१ लाई स्वागत गर्दछौ ।

सर्व प्रर्थम त बडा दिन ख्रीष्टमस् तथा ईश्वी संम्बत नयां बर्ष २०२१ को उपलक्ष्यमा सम्पूर्ण दाज्यूभाई दिदीबहिनी ज्यूहरुमा परमेश्वरको प्रेम, सूरक्षा, शान्ति र सम्बृदि भन्दै ख्रीष्ट जन्मोत्सको खूशीयालीको अवसरमा ख्रीष्टमसको शूभकामना बाढ्न चाहान्छौ साथै सम्पुर्ण नेपालीमा सूख शान्ति, सम्बृद्धि होस् भन्दै सम्पूर्ण नेपालमा रहेका राजनेताहरु मिलेर, राजनैतिक दलहरु, सम्पूर्ण पार्६ीका राजनेताहरु मिलेर, देश विकास गर्नका लागि यो जर्जर र कठिन अबस्थालाई पार लगाउनको लागि, सम्पूर्ण नेतृत्वमा बसेकाहरुलाई र नागरिक तथा सामाजिक अगूवाहरु र बिभिन्न निकायमा रहनू भएका अधिकारीहरु ज्युहरु प्रति जिउदो परमेश्वरसंग सफलताको लागि हामी प्रार्थना चढाउछौ ।

जब येशु यस पृथ्वीमा हूदा उहाँ प्रभूको पनि प्रभू भएर जन्मनू भयो उहां परमेश्वरको पूत्र भएर पनि उहांले भन्नू भयो कि ‘म सेवा लिन होइन तर सेवा दिनको लागि आएको हो भन्नू भयो र चेलाहरुको गोडा धूनू भयो र मत्ति २३ः२३ पदमा भन्नू भयो जसले आफूलाई उच्च पार्छ, त्यो होचाइने छ, र जसले आफुलाई होच्याउछ त्यो उच्च पारिने छ । र भन्नू भयो तिमिहरु जो सबै भन्दा उच्च छ त्यो तिमिहरुको सेवक हूनेछ । येशुको चाहाना द्वन्द भन्दा एक अर्कालाई प्रेम गरि देश विकास र मानव सेवा तिर लाग्नु पर्छ भन्ने सन्देश हो । हामी सबै नेपालीहरुको लागि बडा दिन येशु ख्रीष्टको जन्मोत्सव खीष्टमस तथा नयां बर्ष २०२१ ले सूख, मेलमिलाप, शान्ति र सूरक्षा र सम्बृद्धिको आशिषमय भएको होस भन्ने प्रार्थना गर्दछौ ।

ख्रीष्टमस् के हो त ?
आज भन्दा २०२० बर्ष अगाडी परमेश्वरद्वारा मानव जातिको मूक्तिका लागि दिनू भएको अवर्णीय उपहार एक जना बालक ख्रीष्ट येशुको जन्मको सत्य कथा हो । बालक मसिह येशु मानव जातिका लागि परमेश्वर द्वारा पठाइएको स्वर्गीय आशिष यस धर्तिमा जन्मेको दिन थियो । सृष्टिकर्ता परमेश्वरले मानव रुप लिएर मूक्तिदाता भएर पूत्र येशुको रुपमा यस पृथ्वीमा अवतरण भएको दिन हो । यो एक मानव प्राणीको मुक्ति र छूटकाराको लागि मसिह येशु जन्मेको ऐतिहासिक दिन हो । येशु खी्रष्टको जन्म दिनको उत्सव लाई नै ख्रीष्टमस भनिन्छ ।

उंहाको जन्मको इतिहासलाई हेर्दा सृष्टिको सूरुवात देखि नै र ईशा पूर्व टण्ण्ण् बर्ष पहिलै नै ख्रीष्ट येशूको जन्मको विषयमा बाइबलमा भविष्यवाणी भएको थियो । उहाँको जन्म, कून ठाऊ, कून बंशमा जन्म हूने कस्तो महिलावाट जन्म हूने यी सबै कूराहरु पहिल्यै देखि नै भबिष्यवाणी भएको थियो । मत्ति भन्ने पूस्तकको १ः१८–२५ र लूकाको २ः१–२० पदहरुमा उल्लेख भए अनूरुप मानव बालकको रुपमा इज्रायलको एक बेथेलेहेम भन्ने गाऊको एक गरिब घरको गाईको गोठमा जन्मनू भएको थियो । उंहा मानव विर्यवाट नभै परमेश्वरको पबित्र आत्माबाट कन्या मरियमको कोखमा गर्भधारण भै इज्रायलको बेथेलेहेम भन्ने सानो गाऊमा जन्मनू भएको थियो ।

येशु जन्मे कै दिन बालकको भब्य जन्मोत्सब मनाईको थियो । उहांको जन्म भएकै दिन देखि ख्रीष्टमस मनाउने चलन शूरु भएको हो । इज्रायल देशको येरुशलेमको बेथलेहेम भन्ने गाऊमा उएटा गाईको गोठमा एक जना वालक येशुको जन्म भएका थियो ।

ख्रीष्ट येशु जन्मेको समयको वातावरण अत्यन्तै हर्षपूर्ण थियो । उहांको जन्म उत्सवलाई ज्योतिमय थियो, त्यो दिन आकासका ताराहरुले अचम्मको उज्यालो चमकको ज्योति दिएका थिए । भे८ा चराउने गोठालाहरु स्वर्गदुतले बेथेलेहेमका गाइको गोठमा येशुको जन्म भएको खबर दिएका थिए त्यही मूताविक गोठालाहरु बलक येशुलाई भेटी आनन्द र खूशी भई संसारको मूक्तिदाताको रुपमा उहांको जन्मोत्सल मनाएको पाइन्छ ।

भारत देशबाट ३ जना ज्योतिषीहरुले आकाशमा ठुलो अनौठो तारा देखे पछि मूक्तिदाताको जन्म भएको हूनू पर्छ भनि आफ्नो साथमा बालकलाई उपाहार चढाउन मंहगा बस्तू सुन धूप र मुर्र जस्ता महंगा बस्तू लिएर उहांको जन्मोत्सब मनाएका थिए ।

बालक येशुको सेवाको लागि स्वर्गीय स्थानबाट स्वर्गदूतहरुको खटिएका थिए । बालक येशु गाईको गोठमा जन्मेको कारण गाईका बाच्छा बाच्छीहरु पनि अति खूशी थिए ।

कतिले भन्दछन कि ख्रीष्टमस येशुको जन्मोत्सव मनाउनू हूदैन किन नमनाउंने ? जसले यस पृथ्वीका मानव जातिलाई ज्योति, आशा, अनन्त जीवन दिने, उद्धारकर्ता र शान्तिदाताको जन्मोत्सव किन नमाउने येशू जन्मेको उत्सव त जन्मेकै बेला सर्व प्रर्थम स्वर्गदूत, ताराहरुले, गोठालाहरु र ज्योतिषीहरुले ख्रीष्टमस मनाएका थिए ।

ख्रीष्टमसको शूरुवात ईश्वी सम्बत सन् २०१६ बर्ष अगाडी इज्रायल देशको येरुशलेमको बेथलेहेम भन्ने गाऊमा उएटा गाईको गोठमा एक जना वालकको जन्म भएका थियो जसको नाऊ हो येशू , उहांको जन्म भएकै दिन देखि ख्रीष्टमस मनाउने चलन शूरु भएको हो । वालकलाई गरिब गाईको गोटको डूड र परालमा सूताइएको थियो । वाईबलको लूका १ः६ अनूसार तिनीहरु त्यही भएको बेलामा मरियमको बालक जन्माउने बेला आयो । ज्योतिषीहरुले पूर्वमा एक अचम्भको ताराको ज्योति चम्केको देखे त्यो ताराले मूक्तिदाता मसिह येशू जन्मेको ठाउमा लक्षीत गरेको थियो ।

त्यही ईलाकामा गोठालाहरु थिए जसले चउरमा बसेर राती आफ्नो भेडा बगालको रक्षा गरि रहेका थिए र त्यही समयमा एक जना स्वर्गदुत तिनीहरु कंहा देखा परेर तिनीहरुलाई नडराऊ, येशु जन्मेको आनन्दको सू समाचार स्वर्गदुतले सूनाए । आज दाउदको शहरमा मूक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभू हूनूहून्छ । साथै एक्कासी त्यहा स्वर्गदुतसंग स्वर्गीय सेनाको दलले गाईको गोठमा जन्मेको वालक येशुको स्तूती, प्रशंसा, महिमा र पृथ्वीका मानिसहरुलाई शान्ति भनिरहेका थिए ।

हामी यहां , येशूको जन्म दिवस मनाउनका लागि ज्योतिषीहरुले सून, धूत र मूर्र बहूमूल्य बस्तू येशू बालकलाई दिएका, स्वर्गदुतहरुको उपस्थिती, ताराले ज्योतिहरु प्रज्जवलित गरेका, गाई बस्तू रमाएका र प्रकृतिहरुले मूक्तिदाता बालक येशूको जन्म दिवस भब्यरुपले मनाएको देख्दछौ ।

येशुले संसारको पाप उठाइ लैजानको लागि आफ्नो रगतको बलिदान क्रुसमा बगाएर संसारको लागि मसिह बन्नू भयो ।

अन्तमा : मानव जातिलाई परमेश्वरको प्रेमको संन्देश वाड्ने, ख्रीष्ट येशूको जन्मोत्सब बडा दिन ख्रीष्टमसको उपलक्ष्यमा शूभकामना तथा ख्रीष्टमस मूवारक र आशिषमय होस् । सृष्६िकर्ता परमेश्वरले मानव रुप लिएर मूक्तिदाता भएर पूत्रको रुपमा यस पृथ्वीमा अवतर०ा भएको दिन हो । येशू ख्रीष्टको जन्म दिनको उत्सव लाई नै ख्रीष्टमस भनिन्छ ।

उंहाको जन्मको इतिहासलाई हेर्दा सृष्टिको सूरुवात देखि नै र ईशा पूर्व ६००० बर्ष पहिलै नै ख्रीष्ट येशूको जन्मको विषयमा बाइबलमा भविष्यवाणी भएको थियो । मत्ति भन्ने पूस्तकको १ः१८–२६ र लूकाको २ः१–२० पदहरुमा उल्लेख भए अनूरुप मानव बालकको रुपमा इज्रायलको एक बेथेलेहेम भन्ने गाऊको एक गरिब घरको गाईको गोठमा जन्मनू भएको थियो । उंहा मानव विर्यवाट नभै परमेश्वरको पबित्र आत्माबाट कन्या मरियमको कोखमा गर्भधारण भै जन्मनू भएको थियो ।

येशुले संसारको पाप उठाइ लैजानको लागि आफ्नो रगतको बलिदान कू्रसमा बगाएर संसारको लागि मसिह बन्नू भयो । उहांको प्रेम, हृदय स्पर्श उपदेश र प्रेम पूर्ण रगतको बलिदानले संसारको मूक्तिदाता र संसारको ज्योति बन्नू भयो । येसूले भन्नू भयो “म वाटो , सत्य र जीवन हूं ”। र हे सबै थाकेका र बोझले दबिएकाहरु म कहां आओ म बिश्राम दिनेछू भन्नू भयो” । उहां अचम्मका सल्लाहाकार, सर्वशक्तिमान, अनन्तका परमेश्वर, शान्तिको राजकूमार र येशू मूक्तिदाता हूनूहून्छ ।

यहि सम्झना स्वरुप मनाउने पर्वलाई नै ख्रीष्टमस भनिन्छ । ईशा संम्बत नयां बर्ष २०२७ को उपलक्ष्यमा सम्पूर्ण दाज्यूभाई दिदीबहिनी ज्यूहरुमा परमेश्वरको सूरक्षा, शान्ति र सम्बृदि भन्दै ख्रीष्टमसको शूभकामना तथा नयां बर्ष आशिषमय भएको होस ।  आमिन

लेखक : रेभरेण्ट पाष्टर पदम गैरे
बेथेल चर्च तथा अध्यक्ष, इसाई समाज ,सूर्खेत

 

 

 

Next Post

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु

२०७७ पुष ११, शनिबार २०:३०
एजेन्सी । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी […]

सम्बन्धित समाचार