इसाइ समुदायले मनाए इस्टर सन्डे

  ।   २०७७ चैत्र २२, आईतवार १२:३८

संवाददाता, नेपालगंज
इसाइ समुदायले आज इस्टर सन्डे मनाएका छन । ‘पिता, पुत्र र पवित्र आत्म’ मा विश्वास राख्ने विश्वभरीका ख्रीष्टीय जन (इसाइ समुदाय) यस दिनमा आराधाना संगती प्रार्थाना गरी गच्छेअनुसारका खानेकुरा खाने गर्छन ।

र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गर्छन । ख्रीष्टमस डे अर्थत येसू ख्रीष्टको जन्मदिन जस्तै इस्टर सन्डे पनि इसाइ समुदायका लागी विशेष रहने गर्दछ ।

प्रत्येक बर्ष अग्रेंजी पात्रो अनुसार इस्टर सन्डे, गुड फ्राइडे मनाउने गरिन्छ । इस्टर सन्डे अघि उनीहरु असल शुक्रबार अर्थत गुड फ्राइडे मनाउने गर्छन ।

आजभन्दा २ हजार बर्ष अगाडी मानिसको रुपमा परमेश्वरले आफनो एकले पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनु भयो । र येशु ख्रीष्टले संसारका मानिसहरुको सेवा गर्नुभयो ।

अनि सबै दुख, कष्ट र पापबाट छुटकारा दिलाउन आफनो जीवन क्रुस माथी बलिदानी गर्नुभएको दिन अर्थत तत्कालिन रोमी शासकले येशू ख्रीष्टमाथी गरेको र्निदही निर्मम कुरुरता पुर्ण ज्यादती र अत्याचारको स्मरण नै असल शुक्रबार हो ।

‘येशू ख्रीष्ट हाम्रो निम्ति शुक्रबारको दिनमा मारिनु भयो । असल शुक्रबार अर्थत गुड फ्राइडे । शनिबार चिहानमा गाडिनु भयो । र आइतबार बौरी (जीइ) उठ्नु भयो । अर्थत इस्टर सन्डे ।’ भनेर इसाइ समुदायले महत्वपुर्ण दिनका रुपमा मान्दै आएका छन ।

Next Post

पत्रकार महासंघको निर्वाचनमा उत्साह जनक सहभागीता

२०७७ चैत्र २२, आईतवार १२:३८
जिल्ला समन्वय समिति परिसरमा भएको बाँके शाखाको निर्वाचन दृष्य ।। संवाददाता, नेपालगंज । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचन उत्साह जनक रुपमा सम्पन्न भएको छ । देशभरीका ९७ केन्द्रमा भएकोे निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिएका छन । केही ठाउँमा भने मतगणना कार्य शुरु भईसकेको […]

सम्बन्धित समाचार