एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

  ।   २०७७ आश्विन २७, मंगलवार ०७:१५

काठमाण्डौ । एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन यो योजना ल्याएको हो । (Sastodeal and Gyapu Marketplace ) मा २० प्रतिशत वा। २००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंककाअनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ । उज्यालो अनलाइन

Next Post

नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

२०७७ आश्विन २७, मंगलवार ०७:१५
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पीसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहनुभएका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको […]

सम्बन्धित शीर्षक