
संवाददाता, बर्दिया ।
गत असोज पहिलो साता लगातारको बर्षाका कारण प्रभावित बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका अन्र्तगतका स्थानीयलाई शनिबार राहत सामाग्री उपलब्ध गराईएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बर्दिया सँगको समन्वय सहकार्यमा दुई पालिकामा त्रिपाल, झुल, पी–फम र कम्बल एक–एक थान गरी प्रति ब्यक्ति ५ हजार १६ रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराईएको हो ।
राहत सामाग्री उपलब्ध गराउने कार्यमा प्लान ईन्टरनेशनल नेपालका साझेदार संस्थाहरु, बाँके युनेस्को क्लव, बि–ग्रुप, स्याक नेपाल, गेरुवा ग्रामिण जागरण संघ, थारु महिला उत्थान केन्द्रले संयुक्त रुपमा पहल गरेका हुन ।
लगातारको बर्षा पछि आएको बाढी र डुवानबाट पीडित गुलरिया नगरपालिका क्षेत्रका ७६ वटा घरपरिवार र बारबर्दिया नगरपालिकाका क्षेत्रका ४९ वटा घरपरिवारलाई राहत सामाग्री सहयोग गरिएको प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु, प्रमुख प्रशासकीय अधिकृत अशोक कोईराला लगायतको उपस्थिती रहेको थियो ।
डम्मर बहादुर परियारको सहयोगमा…….



