प्यान लिनेको सङ्ख्या झण्डै ३४ लाख पुग्यो, नयाँ करदाता ८२ प्रतिशतले घटे

  ।   २०७७ भाद्र २९, सोमबार ०७:२४

काठमाण्डौ । नेपालमा स्थायी लेखा नम्बर ९प्यान० लिने करदाताको सङ्ख्या झण्डै ३४ लाख पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार साउन मसान्तसम्म ३३ लाख ८९ हजार नौ सय जनाले प्यान लिएका छन् । यसमध्ये २० लाख १० हजार एक सय ३४ जनाले व्यक्तिगत प्यान लिएका अर्थ मन्त्रालयले जनाएको छ । साउनमा मात्रै ३६ हजार ६ सय ८२ जनाले प्यान लिएका छन् ।

व्यावसायिकतर्फ १३ लाख ७४ हजार तीन सय ५४ प्यान जारी भएकोमा साउनमा मात्रै १५ हजार पाँच सय २२ वटा नयाँ प्यान जारी भएका छन् । यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ५९ हजार आठ सय रहेको छ । ९७ हजार एक सय ३९ जना अन्तःशुल्कमा दर्ता भएका छन् ।

गएको आर्थिक वर्षदेखि सरकारले आर्थिक कारोबारको लागि प्यान अनिवार्य गरेपछि लिनेको सङ्ख्या बढिरहेको छ । तर गएको वर्षको साउनको तुलनामा यो वर्षको साउनमा प्यान लिनेको सङ्ख्या ८२ प्रतिशतले, भ्याटमा दर्ता हुनेको सङ्ख्या ६४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या ४८ प्रतिशतले घटेको छ । उज्यालो अनलाइन

Next Post

बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा : प्रधानमन्त्री

२०७७ भाद्र २९, सोमबार ०७:२४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको […]