फेस्टिभ मुडबाट बाहिरिए लगानीकर्ता, २०७४ साउनपछिकै उच्च पुगेको नेप्सेमा पौने ३ अर्बको कारोबार

वाणिज्य बैंकले बढायो बजार

  ।   २०७७ कार्तिक १२, बुधबार १७:३६


काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिनमै सेयर बजारमा उछाल आएको छ । दसैँमा पाँच दिनको सार्वजनिक बिदापछि बुधबारबाट खुलेको सेयर बजारमा उछाल देखिँदा नेप्से ३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से ४० अंकभन्दा बढीले वृद्धि भएर १६४७ अंक पुगेको छ । २०७७ साउन २६ गते नेप्से १६५३.५३ अंक थियो । त्यसपछि लगातर घटेको नेप्से ११०० अंकसम्म झर्‍यो ।

दसैँ अझैं बाँकी रहेको अवस्थामा पनि नेप्सेमा भने उछाल देखिएको छ । कोभिडका कारण यो वर्ष नेपालीले परिवारमा मात्रै दसैँ सीमित गर्दा लगानीकर्ता चाँडै फेस्टिभ मुडबाट बाहिरिएका छन् । जसले गर्दा कारोबार रकमसँगै नेप्सेमा पनि उछाल देखिएको छ ।

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको अवस्थामा लगानीकर्ताले लाभांश बुक गर्न दसैँपछि बजारमा खरिद चाप बढाएका छन् । विशेष गरेर वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण हुँदा नेप्सेमा उछाल आएको छ ।

वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने बैंकिङ समूहको सूचक ४.२७ प्रतिशतले वृद्धि हुँदा नेप्से २.५७ प्रतिशतले बढेको छ । आज ४१.२ अंकले वृद्धि हुँदा नेप्से १६४७.४५ अंकमा बन्द भएको छ । २०७२ मा अहिलेसम्मकै उच्च १८८१ अंकमा पुगेर झरेको नेप्सेले पुनस् सोही विन्दु पछ्याउँदै गएको विश्लेषकहरु बताउँछन् ।

दसैँअगाडि नेप्से १६०६.२५ अंकमा बन्द भएको थियो । आज प्रि(ओपनिङ सेसनमा २०७४ साउन १२ गते १६१२.५१ अंकमा खुलेको नेप्से बजार खुलेसँगै लगातार बढेको हो । सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेको, बैंकमा कर्जाको ब्याजदर घटेको पर्याप्त तरलाता भएको कोभिड- १९ को कारण व्यापार व्यावसाय प्रभावित हुँदा लगानीको सुरक्षित क्षेत्रका रुपमा सेयर बजार रहेकाले नेप्सेले यसअघिको १८८१ अंकका रेकर्ड तोड्ने सक्ने विश्लेषकहरु बताउँछन् ।

दसैँपछिको पहिलो कारोबारर दिनमै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकमा देखिएको उछाल र त्यसले नेप्सेमा भएको वृद्धिले पनि अझै बढ्नसक्ने संकेत देखिन्छ । आज नेप्सेमा व्यापारबाहेक अन्य सबै समूहको सूचकमा हरियाली देखिएको छ । विकास बैंक समूहको सूचक पनि २.९१ प्रतिशत वृद्धि भएको छ । यस्तै व्यापार समूहको सूचक भने ०.८ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार रकम तथा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा वाणिज्य बैंकहरुको नै वर्चश्‍व छ । नेप्सेमा १८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७२ करोड ५९ लाख ९४ हजारको सेयर कारोबार भएको छ । ४२ हजार ६१८ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएका हो ।

आज ग्लोबल आईएमई बैंकको २० करोड ६५ लाख ४५ हजारको सेयर कारोबार हुँदा धेरै कारोबार हुने कम्पनीम प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैक र नेपाल बैंक छन् । प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्दा प्रभु बैंकको ८.५ र सनराइज बैंकको सेयर मूल्य ७.५७ प्रतिशतले बढेको छ । आज नेप्सेमा गुमाउने भने हाइड्रोपावरका लगानीकर्ता छन् । धेरै सेयर मूल्य घट्ने ५ कम्पनीमा हाइड्रोपावर मात्रै छन् । बाह्रखरी

Next Post

धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

२०७७ कार्तिक १२, बुधबार १७:३६
नेपालगन्ज / निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना३ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा […]