बाँकेमा पहिलो पटक एक जना इसाई समुदायका अगुवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगंज १० ट्राफिक चोक निवासी ८४ बर्षिय सुर्य प्रसाद श्रेष्ठ हुनुुहुन्छ ।
उहाँको आज दिउँसो इसाई (ख्रीष्टियन) परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त श्रेष्ठ नेपालगंज १२ मा रहेको स्थानीय ज्योति चर्चका अगुवा रहनुभएको थियो ।