बाँकेमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागी रहेको छ ।
आज मात्रै पनि ३६ जना नयाँ संक्रमित फेला परेका छन । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालाबाट १७ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १७ जना र वागेश्वरी ल्यावबाट २ जना गरी १७ पुरुष र १९ जना महिला थपिएका हुन ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) बाँकेले जारी गरेको रिपोर्ट अनुसार अब बाँकेमा कुल कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार ८ सय ९ जना निको भई डिस्चार्ज भएका छन । ५ सय ७० जना उपचारमा रहेका छन ।