नरैनापुरमा बेवारिसे शव फेला पर्‍यो

  ।   २०८० कार्तिक ३०, बिहीबार १८:३०

बाँके । बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो फेला परेको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Next Post

मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ: मन्त्री शर्मा

२०८० कार्तिक ३०, बिहीबार १८:३०
प्युठान । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ । प्युठान जिल्लाको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सास्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उहाँले समाजमा देखिने दानवीकरण र अहंकारलाई […]

सम्बन्धित समाचार