विपद व्यवस्थापनमा आवश्यक समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको जोड

  ।   २०८० आश्विन १८, बिहीबार १५:३०

नेपालगन्ज । भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापन गर्नको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनुभएको छ ।

तत्काल पुग्नुपर्ने स्रोत र व्यवस्थापन हुनुपर्नेमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिदै उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्न आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने पनि बताउनुभएको छ ।

Next Post

झापाको दमक नगरपालिकाद्वारा ह्विलचियर वितरण

२०८० आश्विन १८, बिहीबार १५:३०
नेपालगन्ज । दमक नगरपालिकाले शारीरिक रुपमा हिंडडुल गर्न नसक्ने अशक्तता भएका समुदायको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घरमै सहायता सामग्री पुगाउन सुरु गरेको छ । यो अभियान अन्तर्गत नगरभित्र बसोबास गर्ने अपाङ्गता भएका ७२ जनालाई ह्वीलचियर प्रदान गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो । अपाङ्गता भएकासँग सम्बन्धित सङ्घ संस्थाको […]

सम्बन्धित शीर्षक