नेपालगन्जमा सामाजिक सद्भाव सम्बन्धी तालिम शुरु

  ।   २०८१ पुष ४, बिहीबार १८:४५

नेपालगन्ज । अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा शुरु भएको छ ।

नाइस नेपालगञ्जले युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको सहकार्यमा सामाजिक सद्भावका लागिसँगै परियोजना अन्तरगत सामाजिक सद्भाव सम्बन्धी तिन दिने क्षमता अभिबृद्धी तालिम सञ्चालन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा रहेको अन्तर धार्मिक युवा समितिका २४ जना पदाधिकारीहरुको सहभागितामा रहेको तालिमको उद्घाटन सत्रमा बोल्दै द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक अजय दासले सामाजिक सद्भावको बिषय सबैको साझाँ बिषय भएकाले निरन्तर सद्भावमा काम गरिरहन अनुरोध गर्नु भो । समाजमा फैलिने मिथ्या सूचनाको पछाडी नलागेर सहि र सत्य तथ्य सूचनालाई बाहिर ल्याउन भूमिका खेल्न युवाहरुलाई अनुरोध गरे । उहाले तिन दिने तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गर्नु भो । सामाजिक सद्भावमा यूवाको भूमिका महत्वपूर्ण भएकाले मिथ्या सूचनालाई निरुत्साहित गरी सत्य तथ्य सूचनाको वाहकको रुपमा काम गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै द एसिया फाउण्डेसनकी उप–प्रमुख प्रिती थापाले यूवाहरुको अगुवाईमा समाजमा सद्भाव कायम गर्न र सद्भावका लागि स्थानीय युवालाई नै अगुवाको रुपमा विकसित गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । युवाहरुको समुह मार्फत सामाजिक सद्भावका लागि महत्वपूर्ण कार्य हुने विश्वास ब्यक्त गर्नु भयो ।

नाइस नेपालगन्जमा अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको तालिमको उद्घाटनमा तिन दिने तालिमको उद्धेश्यमाथि प्रकाश पार्दै द एसिया फाउण्डेसन नागरिक समाज र मिडिया परियोजनाका इन्द्र टमाटाले अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धी गर्ने, सामाजिक सद्भाव, नेतृत्व विकास र समुदाय परिचालनका बिषयमा ज्ञान र शिपको विकास गर्ने र भविष्यमा धार्मिक अगुवा बन्न उत्प्रेरित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनु भो । तालिमको सञ्चालन नाइसका कार्यक्रम प्रबन्धक जोशिना थारुले गर्नु भएको थियो ।

तालिमको पहिलो दिन सामाजिक सद्भाव, सूचनाका विभिन्न बिषयमा द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक अजय दास, उप प्रमुख प्रिती थापा र प्रशिक्षक हरि प्रसाद सुबेदीले प्रशिक्षण गर्नु भएको छ । तालिमको पहिलो दिन सामाजिक सद्भाव, दोश्रो दिन नेतृत्व विकास र तेस्रो दिन समुदाय परिचालनका बिषयमा तालिम प्रदान गरिनेछ ।

Next Post

सोफियाको मनै लोभ्याउने रंगिन नृत्य

२०८१ पुष ४, बिहीबार १८:४५
सबिता चन्द नेपालगन्ज । डेढ बिघाको खेलमैदानमा झण्डै आधा बिघा क्षेत्रफलको स्टेजमा ८ सय विद्यार्थीले एकैपटक नृत्य गरेको दृश्यले अभिभावकहरु मन्त्रमुग्ध नै हुनुभयो । यो दृश्य थियो, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०मा अवस्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलको १८औँ वार्षिकउत्सवको । हरेक बर्ष नयाँ नयाँ प्रस्तुतिका साथा आफ्नो वार्षिकोत्सब मनाउने सोफियाले […]