जोर सवारी साधनबाट नेपालगन्जमा ७० हजार जरिवाना असुल

  ।   २०७७ श्रावण ३१, शनिबार २२:१७

योगेश पाण्डे

बाँके । नेपालगन्जमा सनिवार १ सय १५ जोर सवारी साधनबाट ५७ हजार ५ सय जरिवाना आसुल भएको छ । बाँके जिल्ला प्रशासनले गरेको निर्णयलाई उल्लंघन गरेपछि सो जरिवाना अशुल गरेको प्रहरीले जनाएको छ ।

कोरोना कोभिड-१९ जनस्तरमा बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन, निषेधाज्ञा र शिल सम्म गरेको थियो । यसको लगत्तै सरकारले काठमाडौमा जोर बिजोर सवारी साधान चलाउने नियम लगाए संगै नेपालगन्जमा पनि सो नियम लागु गरिएको छ ।

सङ्क्रमक रोग ऐन २०२० बमोजिम १ सय रुपैयाँ जरीवाना गरी जम्मा १२ हजार ६ सय जरिवाना असुल गरेको हो ।

नियम बमोजिम चलेका प्रत्येक सवारी साधनबाट ५ सयका दरले जरिवाना तिराईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुबै प्रकारको कारवाहीबाट संकलन भएको ७० हजार सय रुपैया दाखिलाको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

Next Post

झडपमा खुकुरी प्रहार २ घाइते १ गम्भीर

२०७७ श्रावण ३१, शनिबार २२:१७
बाँके  : नेपालगञ्ज वडा नं–२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा दुई गम्भीर घाइते भएका छन् । बाँके प्रहरीका अनुसार शनिबार साँझ दुई युवा समूहबीच भएको झडपबाट राज खड्का र सलमान खान घाइते भएका हुन । खड्काकोे घाँटी र ढाडमा काटिएको चोट छ । भने सलमानको ढाड र खुट्टामा […]