मृतक प्रहरीका परिवारलाई आर्थिक सहयोग प्रदान

  ।   २०८० पुष ५, बिहीबार १६:४५

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।

प्रहरी जवान विशाल ओलीको घर मुसीकोट नगरपालिका १३ छिवाङ रुकुमपश्चिम पुगेर उहाँको आश्रित परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रनाउ डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले स्वेच्छिक रुपमा सङ्कलन गरेको नगद दुई लाख ५७ हजार नौ सय ८८ रुपियाँ रकम सहयोगस्वरुप स्वर्गीय प्रहरी जवानको आश्रित परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रहरी कर्मचारी र कार्यालयबाट सङ्कलित उक्त रकम रुकुमपश्चिममा रहेको स्वर्गीय ओलीकै घरमा पुगेर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको बाँके प्रहरीले जनाएको छ ।

मुसीकोट नगरपालिका १३ छिवाङ रुकुमपश्चिम घर भएका प्रहरी जवान विशाल ओलीलाई गत मङ्सिर २८ गते राति कोहलपुरको मदनचोकमा डिउटीमै रहेका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उहाँको मृत्यु भएको थियो ।

Next Post

बास नेपालको आयोजनामा तीनदिने तालिम सम्पन्न

२०८० पुष ५, बिहीबार १६:४५
सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम सुर्खेतको चौकुनेमा शुरु भएको छ । युनिसेफ नेपालको सहयोग, चौकुने गाउँपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा गाउँपालिका अन्तरगत स्वास्थ्य कर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो ।    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका […]

सम्बन्धित समाचार