सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम सुर्खेतको चौकुनेमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, चौकुने गाउँपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा गाउँपालिका अन्तरगत स्वास्थ्य कर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले आफ्नो व्यवहार परिवर्तन गरेर मात्रै अरुको ब्यहार परितर्वन गर्न सकिने बताउनु भयो । उहाँले तालिमबाट सिकेको कुरालाई आफुले अनुसरण गर्ने आफुले अनुसरण गरेको कुरालाई समुदायमा गएर बाड्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नु भयो । उद्घघाटन सत्रमा बोल्दै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यले स्वास्थ्य सेवाको पहुँच लक्षित वर्ग सम्म पुर्याउन तालिम उपयोगी हुने बताउनु भयो । तालिमको उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तरगत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरबी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । पौष ७ गते सम्म संचालन हुने तालिमको पहिलो दिन सामाजिक व्यवहार परिवर्तनको अवधारणा, सिद्धान्त, सामाजिक व्यवहार परिवर्तनका लागि प्रभाव पार्ने तत्वहरु लगाएतका विषयमा युनिसेफ नेपालका प्रकाश आचार्यले सहजिकरण गर्नु भयो। चौकुने गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत खोपमा संलग्न २२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको तालिमको सञ्चालन बास नेपालका अधिकृत रबिन्द्र बोहराले गर्नु भएको थियोे ।