५ दिन अस्पतालको बसाईपछि उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज

  ।   २०८० कार्तिक ६, सोमबार २१:२०

काठमाडौं । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनु भएको छ । ५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज हुनु भएको हो ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नु भएका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुग्नु भएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बायाँ धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको थियो ।

डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङस्थित नेपाली  राजदुतावास परिवारलाई आभारसहित धन्यवाद दिनु भएको छ । त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने योजना रहेको छ ।

Next Post

महिला उद्धमी निता जैशीको कोक्रोमाको व्यवसाय

२०८० कार्तिक ६, सोमबार २१:२०
नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण सुरु गरिएको छ । नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गर्नुभएको हो ।      नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले दसैँको अवसर पारेर कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको […]