मुख्यमन्त्री पोखरेलले १२ जिल्लाका सिडियोलाइ यस्तो भन्नुभयो भर्चुअल संवादमा

  ।   २०७७ भाद्र ८, सोमबार २२:२४

नेपालगन्ज । कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज सोमबार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।
मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताउनु भएको हो ।

एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताउदै भारतबाट आउने नागरिकलाई व्यवस्थित रुपमा अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिनुभयो ।
प्रजिअहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।

Next Post

अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

२०७७ भाद्र ८, सोमबार २२:२४
एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उम्मेदवारीलाई रिपब्लिकन पार्टीले औपचारिकता दिने भएको छ । रिपब्लिकन पार्टीको चार दिने भेलाले ट्रम्पको उम्मेदवारीलाई औपाचारिकता दिने भएको हो । रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र […]